Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रभावकारी बन्दै रामेछापको स्त्री रोग सिविर, महिला भन्छनः ‘भविष्यमा आउने जोखिम समेत टर्‍यो’

नेपाल अभियान नेपाल अभियान
१६ माघ २०७६, बिहीबार
in स्थानीय सरकार, स्वास्थ्य
0
315
SHARES
Share on FacebookShare on Twitter

हिमगंगा- महिलाको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने भिआइए विधि सहितको सिविरबाट रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगाका ७५ जना महिला लाभान्वित भएका छन् । ग्रामिण भेगमा रहेका महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै रामेछाप नगरपालिका र बज्र समाज नेपालले संयुक्त रुपमा विहिबार हिमगंगाको बोलोङ–बोलोङ आयोजना गरेको सिविरबाट ७५ जना महिला लाभान्वित भएका हुन् । त्यसैगरी सिविरमा ६ जना गर्भवती महिलाले भिडियो एक्सरे गराएका छन् ।

ग्रामीण क्षेत्रका महिलामा अझै पनि चेतना अभावका कारण पाठेघरको क्यान्सरबाट पीडित हुने गरेको भन्दै त्यसको रोकथामको लागि नगरपालिकाले नगरका ९ ओटै वडाका महिलालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनु भयो ।

विहिबारको सिविरमा भिआइए विधिबाट पाठेघरको मुखको जाँच गर्दा दुई जनामा क्यान्सर लाग्न सक्ने कोष भेटिएकाले उनीहरुको तत्काललै उपचार गरिएको उपचारमा संलग्न स्त्री रोग विषेशज्ञ डा.प्रशंशा उलकले बताउनुभयो । उहाँका अनुसार सिविरमा आउने अधिकासं महिलाको सरसफाई कमीका कारण यौनागंमा विभिन्न संक्रमण देखिएको छ ।

महिनावरी हुँदा र अन्य समयमा नियमित रुपमा आफ्नो यौनागं सरसफाई गर्नु पर्ने कुरा जानकारी हुँदाहुँदै पनि पानी अभावले गर्दा त्यसो गर्न नसकेको सिविरमा आउने महिलाहरुले बताउने गरेको डा. उलकको भनाई रहेको छ ।

गाउँमै निःशुल्क ल्याईएको सिविरले आफूहरुले बर्षौ देखि भोग्दै आएको पीडालाई कम गराउनुका साथै भविष्यमा आउन सक्ने ठूलो जोखिमलाई समेत टारेको सिविरमा सहभागि महिलाहरुले बताएका छन् ।

सिविरमा आउने महिलाहरुलाई उपचारसँगै नगरपालिकाले औषधी समेत उलब्ध गराउँदै आएको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामशरण पौडेलले बताउनुभयो । सिविरमा शल्यक्रिया गर्नु पर्ने महिलाहरु भेटिएमा शल्यक्रियाको लागि छनौट भएका विरामीलाई काठमाण्डौँ आवतजावत लगायत शल्यक्रिया सहितको खर्च नगरले व्यहोर्ने पनि जनस्वास्थ्य निरीक्षक पौडेलले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा पनि बज्र समाज नेपालले रामेछापको विभिन्न ठाउँमा सिविर राखेको कारण यस वर्ष महिलाहरुको पाठेघरमा समस्या धेरै नदेखिएको बज्र समाज नेपालका अध्यक्ष पुर्ण मगरले बताउनुभयो । सुरुसुरुमा क्यान्सर भेटिएला कि भन्ने डरले महिला कमै मात्रामा स्वास्थ्य परीक्षणका लागि आउने गरेपनि अहिले स्वास्थ्य परीक्षणका लागि आउने महिलाको संख्यामा वृद्धि भएको अध्यक्ष मगरको भनाई रहेको छ ।

शीर मेमोरियल अस्पतालका स्त्री रोग विषेशज्ञ डा. प्रशंशा उलकको नेतृत्वमा रहेको टोलीले पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झरेका महिलाहरुको स्क्रिनिङ तथा उपचार, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने, पिसाव पोल्ते तथा महिनावारी गडबडी हुने, स्तनमा गाँठागुठी देखिने, गर्भवती महिलाहरुको भिडियो एक्सरे लगायतका सेवा उपलब्ध गराउने छ ।

शुक्रबार रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा सिविर आयोजना गरिने बज्र समाज नेपालका अध्यक्ष पुर्ण मगरले बताउनुभयो ।

Share265Tweet21Share6

Related Posts

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१६ माघ २०७६, बिहीबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१६ माघ २०७६, बिहीबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

१६ माघ २०७६, बिहीबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१६ माघ २०७६, बिहीबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१६ माघ २०७६, बिहीबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

१६ माघ २०७६, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.