Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा फागुन ७ गते देखि निःशुल्क स्वास्थ्य सिविरः गाउँ–गाउँ आउँदैछन् स्त्री रोग विशेषज्ञ

बद्री नयाँघरे बद्री नयाँघरे
४ फाल्गुन २०७६, आईतवार
in स्थानीय सरकार, स्वास्थ्य
0
235
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप नगरपालिकाले महिलाहरुलाई प्रत्यक्ष फाइदा पुग्नेगरी नौ वटै वडाका विभिन्न स्थानहरुमा राख्न लागेको दोस्रो चरणको निःशुल्क स्वास्थ्य सिविर फागुन ७ गते देखि पुनः सुरु हुने भएको छ ।

नगर भित्रका महिलाहरुलाई लक्षित गरी ल्याइएको सिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झरेका महिलाहरुको स्क्रिनिङ तथा उपचार, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने, पिसाव पोल्ते तथा महिनावारी गडबडी हुने, स्तनमा गाँठागुठी देखिने, गर्भवती महिलाहरुको भिडियो एक्सरे लगायतका सेवा उपलब्ध हुने नगरपालिकाले बताएको छ ।

अझै पनि महिलाहरुले स्त्री रोग सम्बन्धी समस्याहरु लुकाएर राख्द भविष्यमा धेरै पीडा भोग्नु पर्ने भएकाले त्यस्तो पीडाबाट मुक्त बनाउनको लागि बाँकी रहेका चार वटा वडमा सिविरको आयोजना गर्न लागिएको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनुभयो । सिविरमा पाठेघर झरेका महिलाहरु भेटिएमा नगरपालिकाले निःशुल्क सल्यक्रिया गरी उपचार गरिदिने पनि उपप्रमुख खड्काले बताउनुभयो ।

पहिलो चरणमा माघ १५ गते देखि १८ गते सम्म वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का महिलाहरुले लाभ लिईसकेका छन् । फागुन ७ गते देखि वडा नम्बर १, २, ३ र ४ का स्वास्थ्य चौकीहरुमा सिविर संचालन गर्ने कार्यतालिका रहेको रहेको छ ।

फागुन ७ गते पहिलो दिन रामेछाप–१ गोठगाउँका महिलालाई लक्षित गरी गोठगाउँ स्वास्थ्य चौकीमा सिविर राखिएको छ भने ८ गते वडा नम्बर ३ साँघुटारका महिलालाई लक्षित गरी साँघुटार स्वास्थ्य चौकीमा राखिएको छ । त्यसैगरी ९ गते वडा नम्बर ४ का महिलालाई लक्षित गरी धारापानी स्वास्थ्य क्लिनिकमा राखिएको छ । १० गते वडा नं २ देउरालीका महिलाहरुका लागि देउराली स्वास्थ्य चौकीमा राखिएको छ ।

रामेछाप नगरपालिका र बज्र समाज नेपालको आयोजनामा हुने स्वास्थ्य सिविरमा रामेछाप अस्पताल, तामाकोशी सहकारी अस्पताल र वडाका स्वास्थ्य चौकीहरुको समेत सहयोग रहने ।

Share94Tweet59Share16

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

४ फाल्गुन २०७६, आईतवार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

४ फाल्गुन २०७६, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

४ फाल्गुन २०७६, आईतवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

४ फाल्गुन २०७६, आईतवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

४ फाल्गुन २०७६, आईतवार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

४ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.