करुण सिं बराईली, उमाकुण्ड- विश्वका विभिन्न देशमा फैलिइ रहेको कोरोना भाइरसको प्रभावले नेपालमा पनि सन्त्रास फैलाइरहेको बेला बालबालिकामा पर्न सक्ने मनोबैज्ञानिक असलाई न्यूनिकरण गर्न पूर्व सावधानी अपनाउन उमाकुण्ड गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयहरुलाई सचेतना कक्षा संचालनको गर्न अनुरोध गरेको छ ।
विहिबार पालिका भित्रका सबै सामुदायिक विद्यालयहरुलाई पत्र मार्फत अनुरोध गर्दै विद्यार्थीहरुलाई कोरोना भाइरस रोकथामका लागि विभिन्न उपाहरु सहित सचेतना कक्षा संचालनको लागि अनुरोध गरेको हो ।
कोरोबाट बच्नको लागि साबुन पानीले हात धुने देखि बालबालिकामा असामान्य लक्षण देखा परेमा गाउँपालिकालाई तत्काल जानकारी गराउने लगायतका सन्देशहरु विद्यार्थीलाई जानकारी गराउन भनिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया