Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोरखाको अजिरकोटमा १ सय ९० जनालाई आएको ज्वरो पहिचान हुँदै

नेपाल अभियान नेपाल अभियान
२५ फाल्गुन २०७६, आईतवार
in स्वास्थ्य
0
95
SHARES
Share on FacebookShare on Twitter

यदुप्रसाद भट्ट,

अजिरकोट–२ गोरखामा एक साताअघिदेखि फैलिएको भाइरल ज्वरो अझै नियन्त्रणमा आउन सकेको छैन।

देशैभर कोरोनाको चर्चा भइरहेका बेला सोही वडाको ओलाङ, खिन्पु र अपुन गरी तीन गाउँका स्थानीयमा ज्वरो आउने तथा रुघाखोकी लाग्नाले स्थानीयमा त्रास बढेको छ। सो गाउँपालिका उत्तरी चीनको सिमानामा रहेकाले पनि स्थानीयमा कोरोनाको त्रास बढेको हो।

अजिरकोट–२ मा रहेको प्रभा मावि अपुनका कक्षा ९ र १० मा अध्ययनरत ४० विद्यार्थीमा ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी तथा छाती दुख्ने, टाउको दुख्ने, खोकी लाग्नेजस्ता लक्षण देखिएको थियो।

बिहीबार मात्रै खरिबोट स्वास्थ्य चौकीबाट अनमी कोपिला भट्टको टोलीले प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य जाँच गर्नुका साथै औषधी वितरण गरेको थियो भने शुक्रबार गोरखा अस्पतालका डा. सफल सुवेदीको टोलीले पनि प्रभावित क्षेत्रमा पुगेर चेकचाँज गर्नुका साथै औषधी वितरण गरेको अजिरकोट गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ठाकुर भट्टले जानकारी दिनुभयो।

विद्यार्थीमा देखिएको भाइरल ज्वरोपछि विस्तारै गाउँमा पनि देखिएको र विशेष गरी साना बच्चाहरूमा सर्ने क्रम रहेकाले स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने काम भइरहेको उहाँको भनाइ छ।

४० जनाबाट शुरू भएको रुघाखोकी तथा भाइरल ज्वरो शनिबारसम्म आइपुग्दा १ सय ९० जनामा पुगेको निरीक्षक भट्टले जानकारी गराउनुभयो। यो कुन भाइरसको कारणले हो भन्ने कुरा अझै पत्ता लगाउन नसकिएको भट्टको भनाइ छ।

जनस्वास्थ्य निरीक्षक ठाकुर भट्टसहित डा. सफलको टोलीले दुई दिन लगाएर बिरामीको चेकजाँच गर्नुका साथै औषधी वितरण गरेको छ। बिरामीहरूमा ज्वरो आउने हुँदा कोरोनाको त्रास बढिरहेको आफूले पाएको डा. सफल सुवेदीले बताउनुभयो।

उहाँले भाइरल ज्वरोको लक्षण देखिएकाले आवश्यक औषधी वितरण तथा चेकजाँच गरेको र यही कारणले ज्वरो आएको हो भनेर भन्न नसकिने बताउँदै भन्नुभयो– ‘हामीहरू कारण पत्ता लगाउँदै छौं, आवश्यक परे विज्ञसहितको टोली गएर औषधी उपचार गर्छौं।’

बढी चिसोका कारण पनि भाइरल ज्वरो आएको र स्थानीयमा त्रास बढेको उहाँले बताउनुभयो।

टोलीले यो कुन किसिमको भाइरल वा फ्लु के हो ल्याब परीक्षण गरेपछि मात्र थाहा हुने बताएको छ। अजिरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सूचना अधिकारी सुरेश दवाडीले स्थानीयमा देखिएको समस्याबारे जानकारी दिँदै भन्नुभयो– ‘ज्वरो आउँदैमा कोरोना हुन सक्दैन।’

कोरोनाको डरले स्थानीय सशंकित भएकाले जनचेतना जगाउने काम गरेको बताउँदै उहाँले भन्नुभयो– बिरामीहरूलाई झोलिलो पदार्थ खान तथा पानी उमालेर प्रयोग गर्न आग्रह गरेका छौँ। शुक्रबार उक्त गाउँपालिकाका स्वास्थ्य प्रमुख दवाडीलगायत स्थानीय शिक्षकले स्वास्थ्य शिविर खडा गरी चेकजाँच गरेका थिए। ‘हाल रोग नियन्त्रणका लागि औषधिसहितको अस्थायी रूपमा दुई जना स्वास्थ्यकर्मी चौबीसै घन्टा स्वास्थ्य चौकीमा तैनाथ गरिएको छ’, निरीक्षक भट्टले भन्नुभयो– ‘स्वास्थ्य कार्यालय गोरखालाई ल्याब टेस्टका लागि अनुरोध गरेका छौं र आजभोलि नै टोली प्रभावित ठाउँमा आइपुग्ने खबर आएको छ।’

गाउँपालिकामा पर्याप्त मात्रामा औषधि रहेकाले आत्तिनुपर्ने अवस्था नभएको गाउँपालिका प्रमुख फणीन्द्रप्रसाद धितालले जानकारी दिनुभयो। ‘स्थानीय तहमा कर्मचारी समायोजनका कारण स्वास्थ्यका कर्मचारी कम हुँदा स्थानीयमा त्रास बढेको हो’ –उहाँले भन्नुभयो।

करारमा कर्मचारी माग गरेको र आवश्यक औषधि तथा उपचारको व्यवस्था मिलाउन गाउँपालिकाले निर्देशन दिइसकेको धितालको भनाइ छ। विद्यार्थीमा देखिएको भाइरल ज्वरो अभिभावकमा नसरेकाले यो कोरोना नभई मौसमी भाइरल भएको र कोरोनाको डर मान्नुपर्ने अवस्था नभएको स्वास्थ्य टोलीले जनाएको छ।

टोलीले गाउँगाउँ डुलेर स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनुका साथै प्रभावित गाउँको अवस्थाबारे जानकारी लिएको थियो। विशेष गरी सो ठाउँका कक्षा एक र दुईमा अध्ययन गर्ने बालबालिका बढी पीडित भएका छन्।

समाचार श्रोत: न्युज अफ नेपाल

Share69Tweet11Share3

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२५ फाल्गुन २०७६, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२५ फाल्गुन २०७६, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

२५ फाल्गुन २०७६, आईतवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२५ फाल्गुन २०७६, आईतवार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

२५ फाल्गुन २०७६, आईतवार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

२५ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.