Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोरोना विरुद्ध खिम्ती काँग्रेसः घरदैलो अभियान, मास्क र साबुन दिँदै जनचेतना जगाउँदै

नेपाल अभियान नेपाल अभियान
२२ चैत्र २०७६, शनिबार
in राजनीति, स्वास्थ्य
0
252
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीले महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस विरुद्ध स्थानीयको घरमै पुगेर मास्क र साबुन दिँदै जनचेतना जगाउने अभियान चलाएको छ । विश्वभरी हजारौ मानिसको ज्यान लिइसकेको कोरोना भाइरस नेपालमा फैलिन सक्ने भन्दै सरकारले भाइरस नियन्त्रणको लागि लकडाउन लगाएपछि स्थानीय नागरिकलाई लकडाउनको पूर्ण पालना गर्न अनुरोध गर्दै काँग्रेसले घरमै पुगेर सरसफाईमा समेत ध्यान दिन आग्रह गर्दै साबुन र मास्क वितरण गरेको हो ।

गाउँका नागरिकलाई कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लगाएको लकडाउन र भाइरसबाट बच्ने उपायका बारेमा पूर्ण जानकारी छैन, भिडभाड नगरी आधरभूत जनचेतनाका कुरा सिकाउँदै साबुन र मास्क लिएर गाउँमा गएका हौँ, ‘ इकाई सभापति जहानसिंह खत्रीले भन्नुभयो, यति भए पनि उहाँहरुलाई निकै राहत हुन्छ ।’

खिम्तीका काँग्रेसका सबै तहका नेताहरुको सहयोगमा स्थानीय तहको चुनावमा वडाध्यक्ष पदको उम्मेद्वार समेत बन्नुभएका भुवन कुमार कार्कीको नेतृत्वमा वडाका करिव १२ सय घरपरिवारलाई पुग्ने गरी वितरण गरिएको पनि सभापति खत्रीले बताउनुभयो ।

त्यस्तै वडामा काँग्रेसले राहत कोष स्थापना गरी नागरिकहरुको थप समस्या बुझेर राहत वितरण गर्ने लगायत जनचेतना जगाउने आगामी कार्यक्रम रहेको उहाँको भनाई रहेको छ । महामारीको रुपमा फैलिईरहको कोरोना भाइस नियन्त्रणको लागि लगाईएको लकडाउनलाई मध्यनजर गर्दै दैनिक रुपमा ज्याला मज्दुरी गर्ने श्रमिकहरुलाई एक महिना सम्म खाना खुवाउने व्यवास्थाको लागि वडामा रहेको काँग्रेसका एक कार्यकर्ताले दुई श्रमिकलाई सहयोग गर्ने समेत  निर्णय गरिएको इकाई सभापति जहानसिंह खत्रीले बताउनुभयो ।

लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीका प्रत्येक नागरिकका हरेक समस्यासँग जुध्ने गरी नेपाली काँग्रेसले प्याकेजका कार्यक्रम ल्याएर साथ दिने नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य पदम माझीले प्रतिबद्धता जनाउनुभयो ।

Share208Tweet19Share5

Related Posts

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

२२ चैत्र २०७६, शनिबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

२२ चैत्र २०७६, शनिबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

२२ चैत्र २०७६, शनिबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

२२ चैत्र २०७६, शनिबार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

२२ चैत्र २०७६, शनिबार
नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।
राजनीति

नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।

२२ चैत्र २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.