रामेछाप २० जेठ । पछिल्लो समयमा कोरोना संक्रमणको दोस्रो भेरियन्ट गाउँ गाउँमा पुगेपछि त्यसमा ध्यान दिदै कोरोना संक्रमितहरुको स्वास्थ्य उपाचारमा आवश्यक सहयोग पु¥याउने उद्धेश्यले गैरसरकारी संस्था सामुदायिक विकास समाजले दोरम्बाको प्राथमिक अस्पतालका लागि विभिन्न किसिमका स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ ।
संस्थाले पीएसएफ लक्जेम्वर्ग को आर्थिक सहयोगमा तेर द जोम्स जर्मनी मार्फत सामुदायिक विकास समाजद्धारा संचालित महिला तथा वाल सशिक्तकरण स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहयोगमा ती सामाग्रीहरु गाउँपालिकाका अध्यक्ष कमान सि तामाङ्ग मार्फत उपलव्ध गराएको हो । सिडिएसले एकदिन अघि रामेछापका खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिका गरि दुई गाउँपालिकामा रहेका अस्पताल, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईलाई समेत पुग्ने गरि स्वास्थ्य सामाग्री सम्वन्धीत गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण गरेको भोलिपल्ट दोरम्बा अस्पतालका लागि उक्त सामाग्रि उपलब्ध गराएको हो ।
स्वास्थ्य सामाग्री सहित दुवै गाउँपालिकाको कार्यालयमा पुगेका सामुदायिक समाजका टोलिले पालिका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखको रोहवरमा सामाग्री हस्तान्तरण गरिएको सामुदायिक समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार– अस्पतालका लागि अक्सिजन कन्सेटन्ेटर, अक्सिजन सिलिण्डर २ थान पीपीइसेट२० थान,अक्सिमिटर, इन्परेड थर्ममिटर,सेनेटाईजर हस्तान्तरण गरेको छ । त्यसैगरी १ हजार थान मास्क, ५ सय जोडी हातमा लगाउने पन्जा लगायत विभिन्न प्रकारको सामाग्री हस्तान्तरण गरेको हो । सामाग्रि हस्तान्तरण कार्यक्रममा गाउँपालीकाका अध्यक्ष सहित जिल्ला भुमि ब्यवस्थापन समितिका अध्यक्ष तुल प्रसाद कडेल र स्थानिय अगुवाहरुको समेत सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया