.
रामेछाप । थप दुईजना मृतक थपिए संगै कोरोनाको संक्रमणबाट रामेछाप जिल्लाामा १३ जनाको ज्यान गएको छ । आईतबार १ जना र सोमबार १ जना थपिए संगै मृतकको संख्या १३ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार – जिल्ला अस्पताल लगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा राजधानी काठमाडौका विभिन्न अस्पतालमा गरि कुल १३ जनाको मृतु भएको छ । मृतक मध्ये सोमबार रामेछाप नगरपालीका ३ सांघुटारका ६१ बर्षिय महिलाको उपचारको क्रममा काठमाडौको ओम अस्पतालमा मृत्यु भएको हो । त्यसैगरि खाँडादेवी गाउँपलालीका २ का ४७ बर्षिय एक जना पुरुषको होम आईसुलेसनमा आफनै घरमा सोमबार विहान मृत्यु भएको हो । दुई संक्रमित थपिए संगै मृतकको संख्या १३ पुगेको र १३ मध्य जिल्ला भित्र ८ जना र बाहिरी जिल्लामा रेफर पछि मृत्यु भएका ५ जना रहेको जानकारी पनि कार्यालयले दिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया