६ असार, २०७६
रामेछाप- जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर शुक्रबारबाट सुरु भएको छ । ओम अस्पताल तथा रिसर्च सेन्टर चाबहिल काठमाण्डौँसँगको सहकार्यमा बिशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत स्वास्थ्य परिक्षण शिबिरको आयोजना गरिएको हो ।
जिल्ला अस्पताल रामेछाप, सूर्यचका फाउण्डेशन रामेछाप, गौरीशंकर पूर्ब बिद्यार्थी समाज रामेछाप, रामेछाप नगर उद्योग बाणिज्य संघ रामेछाप र सामुदायिक बिकास समाज रामेछापको आयोजनामा सञ्चालन भएको उक्त शिबिरको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले गर्नु भएको छ ।
शिबिरमा स्त्री तथा प्रशुती रोग, मुटु रोग, जनरल सर्जरी र जनरल फिजिसिएन सेवा उपलब्ध भैरहेको ओम अस्पताल तथा रिसर्च सेन्टर चाबहिल काठमाण्डौका डाक्टर परशुराम घिमिरेले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया