Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लैङ्गिक हिंसा विरुद्ध रामेछाप नगरमा सबैको एउटै स्वर : ‘लैङ्गिक मैत्री नगर बनाउछौं’ (भिडियो)

बद्री नयाँघरे बद्री नयाँघरे
२४ मंसिर २०७६, मंगलवार
in समाचार, स्थानीय सरकार
0
369
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनमा कार्यक्रममा बोल्ने बक्तहरुले नगरपालिकालाई लैङ्गिक मैत्री नगर बनाउने अभियानमा सबै एक जुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

२५ नोभेम्बर देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मंगलबार समापन तथा महिला उद्यामीहरुद्धारा उत्पादित सामाग्री प्रदर्शन कार्यक्रममा बोल्ने स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, कार्यालय प्रमुख लगायतका वक्तहरुले लैङ्गिक हिंसा विरुद्ध आजै देखि आवाज उठाउनु पर्नेमा जोड दिएका हुन् ।

लैङ्गिक हिंसालाई शुन्यमा पुर्याउनु पर्छ : समन्वय प्रमुख खड्का

१६ दिने अभियान समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले पछिल्लो समयमा आर्थिक कमजोरीका कारण विभिन्न हिंसाका घटनाहरु घट्दै गएकाले त्यसलाई न्यूनिकरण गर्नको लागि स्थानीयी जनप्रतिनिधि एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका प्रमुख खड्काले लैङ्गिक हिंसालाई शुन्यमा नपुर्याए सम्म सभ्य समाज निर्माण नहुँने भन्दै लिङ्गगको आधरमा गरिने विभेदलाई अन्त्य गर्नको लागि सबै जनप्रतिनिधिहरुसँग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भिडियो..

‘जब सम्म हामी नैतिकवान बन्दैनौ तब सम्म हिंसा अन्त्य हुँदैन’ : नगर प्रमुख थापामगर

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले पछिल्लो समय मानिसमा नैतिकता देखि धार्मिकता जस्ता महत्वपूर्ण कुरा हराउँदै गएकाले समाजमा विभिन्न प्रकारका हिंसा बढ्दै गरएको बताउनुभएको छ । अहिले हामी मानव जातीले आफ्नो इमानदारितालाई भुल्दै गएकाले समाजमा हिंसाका घटना बढ्दै गएको स्मरण गर्दै नगर प्रमुख थापामगरले अब हिंसा न्यूनिकरणको लागि हरेक मानिसले आफ्नो इमानदारितालाई देखाउनु पर्नेमा जोड दिनुभयो । नगर प्रमुख थापामगरले रामेछाप नगरपालिकामा हिंसाका घटना हुन नदिनको लागि नगरपालिका सधैं लागी पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
भिडियो..

‘महिलालाई सरसफाइको काम दिएर मात्रै समनता आउँछ?’ उपप्रमुख खड्का

रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले महिलाहरुलाई समनताको नाममा सरसफाईको काम दिएर समनता नआउने बताउनुभएकोे छ जुनसुकै काम गर्न सक्ने क्षमतवान महिलालाई अझै सरसफाई जस्ता सामान्य काममा अल्झाएर राखिँदा विभेद कायमै रहेको बताउनुभएको हो । उपप्रमुख खड्काले लैङ्गिक हिंसा अन्त्यको लागि महिला र पुरुष दुबैको सहकार्यता आवश्यक रहेकाले लैङ्गिक मैत्री नगरपालिका बनाउनको लागि सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । नगरभित्र रहेका महिला तथा पिछाडी पारिएका समुदायको आर्थिक, सामाजिक, राजनीतिक जस्ता आधारभूत कुरालाई सुधार गर्ने गरी नगरपालिकाले आगामी दिनमा लैङ्गिक मैत्री बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो ।
भिडियो..

‘लैङ्गिक हिंसाको विरुद्धममा बनेका नीति तथा कार्यक्रम कार्यान्वयन गराउँछौं’ : प्रमुख प्रशासकीय अधिकृत पौडेल

प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलले हिंसा मुक्त समाज निर्माणको लागि तीनै तहले तयार पारेका नीति तथा कार्यक्रमलाई कार्यान्वयमा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले स्थानीय सरकारले ल्याउने ऐन कानून देखि बजेट र कार्यक्रम लैङ्गिक मैत्री नभए सम्म हिंसा मुक्त समाज नहुने बताउँदै हरेक काम गर्दा या निर्णय गर्दा जनप्रतिनिधि र कर्मचारीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
भिडियो..

लैङ्गिक हिंसा अन्त्यको लागि नेकपाले साथ दिन्छ : अध्यक्ष तामाङ

नेकपाका नगर अध्यक्ष मोतिलाल तामाङले लैङ्गिक हिंसा अन्त्यको लागि नेकपा सबैसँग सहकार्य गरेर जान तयार रहेको बताउनुभएको छ । समृद्ध रामेछाप निर्माणको लागि नेकपाको तर्फबाट पूर्ण रुपमा सहयोेग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष तामाङले हरेक क्षेत्रमा शुसान कायम गरी गर्नु पर्नेमा जोड दिनुभयो । अब पनि नगर भित्र रहेका सबै पार्टी र बौद्धिक व्यक्तिहरु एक हुन नसके रामेछाप नगरपालिकाको विकास नहुने समेत उहाँको भनाई रहेको छ ।
भिडियो..

हिंसा अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नुपर्छ : वडाध्यक्ष कार्की

लैङ्गिक हिसां अन्त्यको लागि वडा कार्यालय पनि उत्तिकै जिम्मेवार रहेको वडाध्यक्षहरुले बताएका छन् । वडा नम्बर ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले १६ दिने कार्यक्रमलाई सार्थक बनाउनको लागि बाँकी ३ सय ४९ दिन अभियानका क्रममा जनाएका प्रतिबद्धता पूरा गर्ने गरी कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनुभयो । हिंसा मुक्त समाज निर्माणको लागि कार्यक्रम भन्दा पनि व्यवहारमा उतर्नु पर्नेमा उहाँले जोड दिनुभयो । वडाध्यक्ष कार्कीले हिंसालाई अन्त्य गर्नको लागि आफ्नै घरबाट सुरु गर्नु पर्ने धारणा पनि राख्नुभयो ।
भिडियो..

लैङ्गिक हिंसा अन्त्यको लागि वडा नम्बर २ पनि जिम्मेवार छ : वडाध्यक्ष श्रेष्ठ

त्यस्तै वडा नम्बर २ का वडाध्यक्ष निर बहादुर श्रेष्ठले हिंसमुक्त समाज र सभ्य समाज निर्माणको लागि आफू उत्तिकै जिम्मेवार भएको बताउनुभएको छ । त्यस्तै वडाध्यक्ष श्रेष्ठले अहिले तीनै तहको सरकार सभ्य समाज निर्माणमा लागेको र त्यसको अभियानमा वडा नम्बर २ पनि लैङ्गिगक हिंसा मुक्त वडा बनाउने अभियानमा लागेको बताउनुभयो । हिंसा हुन नदिनको लागि वडा पनि उत्तिकै जिम्मेवार रहेको समेत उहाँको भनाई रहेको छ ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यपक लगायतले महिला हिंसा विरुद्धमा सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् । रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर भित्र महिला उद्यमीहरुले उत्पादन गरेका विभिन्न बस्तु समेत प्रर्दशन गरिएको थियो । कार्यक्रममा सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय जनप्रतिनिधि र स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।

Share290Tweet33Share9

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२४ मंसिर २०७६, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२४ मंसिर २०७६, मंगलवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२४ मंसिर २०७६, मंगलवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२४ मंसिर २०७६, मंगलवार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२४ मंसिर २०७६, मंगलवार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२४ मंसिर २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero