Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एक पछि अर्को सफलता प्राप्त गर्दै दोरम्बा गाउँपालिका

नेपाल अभियान नेपाल अभियान
२२ बैशाख २०७६, आईतवार
in समाचार, स्थानीय सरकार
0
140
SHARES
Share on FacebookShare on Twitter

२२ बैशाख, २०७६

रामेछाप– जिल्लाकै पहिलो पर्यटन गन्तब्य गाउँ घोषणा भएको दोरम्बा गाउँपालिका– २ साविकको दोरम्बा गाविस वडा नम्बर ५ पूर्ण सरसफाई उन्मुख घोषणा भएको छ । वडा स्तरीय खानेपानी तथा सरसफई स्वच्छन्दता समन्वय समितिको आयोजनामा आइतबार भएको घोषणा कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय लगायतले ६ बुँदे घोषणा पत्रमा हस्ताक्षर गर्दै वडालाई चाँडै पूर्ण सरसफाई वडा बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धता पत्रमा चर्पीको समुचित प्रयोग गर्ने गराउने छौँ, ब्यक्तिगत सरसफाई गर्ने गराउने छौँ, सुरक्षित पानीमा पहूँच तथा प्रयोग गर्ने गराउने छौँ, सुरक्षित खानाको प्रयोग गर्ने गराउने छौँ, घरायसी एवं संस्थागत सरसफाई गर्ने गराउने छौँ र वातावरणीय सरसफाई गर्ने गराउने छौँ भन्ने पूर्ण सरसफाईका ६ सुचक उल्लेख छन् ।

कार्यक्रममा बोल्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमनसिं मोक्तानले गाउँपालिकाले एक पछि अर्को सफलता प्राप्त गर्दै जानु खुसीको कुरा भएको भन्दै दोरम्बा गाउँपालिकाको वडा नम्बर २ मात्रै नभएर गाउँपालिकालाई नै पूर्ण सरसफाई घोषणा गर्नको लागि सबै लाग्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले सिंगो गाउँपालिकालाई विकास गर्न पालिकाले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

दोरम्बा गाउँपालिका–२ का वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष कमनसिं मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्न कडेल, सबल कार्यक्रम रामेछापका प्रमुख दिल बहादुर नेपाली लगायतको सहभागिता रहेको थियो ।

वडा कार्यालयको आयोजना, पहाडी समाज कल्याण केन्द्रको सहजीकरण र सबल कार्यक्रमको आर्थिक एवं प्राविधि सहयोग उक्त कार्यक्रम सम्पन्न भएको सबल कार्यक्रमका विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन सुपरभाजर नोर्वु योञ्जनले जानकारी दिनुभयो ।

Share105Tweet15Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२२ बैशाख २०७६, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२२ बैशाख २०७६, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२२ बैशाख २०७६, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२२ बैशाख २०७६, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२२ बैशाख २०७६, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२२ बैशाख २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.