Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिखु तामाकोशी गाउँपालिकाको बजेट ९२ करोड ८५ लाख

नेपाल अभियान नेपाल अभियान
११ असार २०७८, शुक्रबार
in समाचार, स्थानीय सरकार
0
86
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,११ असार । रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ९२ करोड ८५ लाख ४ सय ३४ रुपैँया बरवारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
बिहिबारको सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काले उक्त रकम बरावरको बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

पालिकाले टोलटोलमा निःशुल्क वाइफाइको सेवा र गाउँपालिकालाई एक वर्षभित्र अर्गानिक कृषि उत्पादन गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ काम गर्ने योजना सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।
न्यू भेरियन्ट सहितको कोरोना भाइरस कोभिड–१९ रोकथाम, उपचार तथा व्यवस्थापन अनि प्रकोप व्यवस्थापनका कार्यलाई उच्च प्राथमिकतामा राखि नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
एक वडा एक कृषि प्राविधिक, एक वडा एक नर्सरी बनाइने, पालिकाको उपयुक्त स्थानमा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने,उपयुक्त स्थानमा पशु जाँचका लागि पशु स्वाथ्य चौकी,बैदेशिक रोजगारीबाट फर्केका युवाहरुका लागि कृषि क्षेत्रमा काम गर्न उपयुक्त अनुदानको व्यवस्था गर्ने लगाएतका कार्यक्रमहरु पनि गाउँपालिकाले ल्याएको छ ।
कोरोना नियन्त्रण रोकथाम तथा उपचारका लागि थप अस्पताल तथा क्वारेन्टाइन निर्माण गर्ने,स्वास्थ्यकर्मीहरुलाई कोरोना नियन्त्रण नभएसम्म ५० प्रतिशत कोरोनाभत्ता उपलब्ध गराउने, वर्थिङ सेन्टरमा खटिएका स्वास्थ्यकर्मीहरुलाई रात्रीकालिन भत्ताको व्यवस्था गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने र स्वास्थ्य संस्थामा कम्तिमा चार पटक गर्भजाँच गराउनेलाई गाउँपालिकाले थप एक÷एक हजार रुपैया रकम दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन को ब्यवस्था मिलाउने,दलित, द्वन्द्ध पीडित र बिपन्नका वालवालिकाहरूलार्ई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने,एक विद्यालय एक वाल उद्यानको व्यवस्था, विद्यालयको शिक्षा सुधारका लागि मसलन्द खर्चमा वृद्धि ,प्राविधिक शिक्षाका लागि आवश्यक पहल , एक वडा एक माध्यामिक विद्यालय सञ्चालका लागि आवश्यक कार्यको थालनी गर्ने गर्ने कार्यक्रम पनि गाँउपालिकाले सार्वजनिक गरेको योजनामा समावेस गरिएको छ ।

त्यसैगरी एक वर्षभित्र एक घर एक धाराको अबधारणा अनुसार काम गर्ने, गाउँपालिकाको प्रशासकिय भवन तथा वडा कार्यालयहरुको भवन निर्माण गर्ने, सडक स्तरोन्नति तथा कलोपत्रे गर्न संघीय तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने, गाउँपालिका जोड्ने मुख्य सडकहरू मर्मत तथा आवश्यक व्यवस्थापन गर्ने, नयाँ सडक को ट्रयाक खोल्ने कार्य बन्द गर्ने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन पूर्वाधार विकासका बिभिन्न कार्यक्रमहरु गर्ने, गाउँपालिकाभित्र एकीकृत बस्ति निर्माणका लागि आवश्यक अध्ययन गर्ने, एक वडा एक पोखरी निर्माण गर्ने, विपद् व्यवस्थापनका लागि आवश्यक कानून तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने कार्यक्रम पनि आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि यस गाउपालिकाले अगाडि सारेको छ । गाउसभा गाँउपालिकाका अध्यक्ष गोविन्द वहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share34Tweet22Share6

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

११ असार २०७८, शुक्रबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

११ असार २०७८, शुक्रबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

११ असार २०७८, शुक्रबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

११ असार २०७८, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

११ असार २०७८, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

११ असार २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.