Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको सुनापतीमा वडा अध्यक्षले कुटे प्राविधिक !

नेपाल अभियान नेपाल अभियान
९ असार २०७६, सोमबार
in समाचार, स्थानीय सरकार
0
677
SHARES
Share on FacebookShare on Twitter

९ असार, २०७६
रामेछापको सुनापती गाउँपालिकामा वडा अध्यक्षले निजी आवास पुर्ननिर्माणको कार्यका लागि वडामा खटिएका अशिष्टेण्ट सव इन्जिनियरलाई कुटेका छन् । आइतबार राति वडा नं. २ का वडा अध्यक्ष कमल के.सीले अशिष्टेण्ट सव इन्जिनियर हिमाल खड्कालाई कुटेका हुन् ।

सोमबार राती साँढे नौ बजेको समयमा स्थानीय एक होटलमा आफू खाना खाइरहेको बेला भूकम्प पीडित लागि सूचनामूलक सामाग्री आफ्नो अनुमति बिना फेसबुक मार्फत किन सार्वजनिक गरेको भन्दै जाँड खाएको बेला अपशब्द बोल्दै कठालोमा समातेर अनुहारमा निलडाम हुने गरी आफूलाई कुटेको पीडित खड्काले सोमबार साँझा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । पीडित खड्काले जनतालाई सूचित गराउने उदेश्यले उक्त सूचना सार्वजनिक गरेको बताउदै त्यो काम आफूले गर्न नमिल्ने भए कनून बमोजिम कारबाही भोग्न आफू तयार रहेको तर जनप्रतिनिधिको छाडातन्त्रले गर्दा आफूमाथि कुटपिट भएको बताए ।

अध्यक्षलाई कारबाही नभए जिल्ला भरीको सबै काम ठप्प पार्ने चेतावनी

अशिष्टेण्ट सव इन्जिनियर खड्का माथि वडा अध्यक्षको ज्यादती पछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण प्राविधिक सन्जाल रामेछापले विज्ञप्ती जारी गर्दै कुटपिटमा संलग्न वडा अध्यक्षलाई हदै सम्मको कारबाहीको माग गर्दै सोमबार देखि सुनापती गाउँपालिकाको कामकाज ठप्प पार्ने बताएको छ । सन्जालले आफूहरूको माग ७ दिन भित्र पूरा नभए रामेछाप जिल्लाका ८ ओटै स्थानीय तहमा पुर्ननिर्माणको काम ठप्प पार्ने चेतावनी दिएको छ ।

अध्यक्ष के.सी भन्छन् : मुखमुखै लागेकाले एक थप्पर हिर्काएको हो

उता वडा अध्यक्ष के.सीले भने इन्जिनियर खड्काले आइतबार वडा कार्यालयको लेटरप्याडमा भूकम्प पीडितलाई आवश्यक सूचना लेखी आफ्नो नाम लेखेको र त्यसमा तपाइको नाम लेख्न मिल्दैन, वडा कार्यालय २ लेख्नु पथ्र्यो भनेर सम्झाउँदा मुखमुखै लागेकाले एक थप्पर हिर्काएको स्वीकार गरेका छन् । वडा अध्यक्ष के.सी.ले इन्जिनियर खड्का मर्यादा भन्दा माथी गएर काम गरेकै कारण उक्त घटना घटेको दाबी गरे । खड्कालाई आफूले एक थप्पर हिर्काएको स्वीकार गरे पनि जाड खएको भन्ने आरोप झुटो रहेको के.सीको प्रतिक्रिया रहेको छ ।
के.सी तत्कालीन नेकपा-माओवादीबाट अध्यक्षतामा निर्वाचित भएका हुन् ।

बुधबार मात्रै लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले शिक्षक माथि हातपात गरेका थिए । उक्त घटनाको एक हप्ता बित्न नपाउँदै फेरि वडा अध्यक्षबाट प्राविधिक कुटिएका छन् ।

Share613Tweet27Share7

Related Posts

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

९ असार २०७६, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

९ असार २०७६, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

९ असार २०७६, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

९ असार २०७६, सोमबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

९ असार २०७६, सोमबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

९ असार २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.