रामेछाप ३ वैशाख । नेपाल ट्रेड युनियन महासंघ जिफण्ट रामेछाप जिल्लाको अध्यक्षमा तीर्थ सुवेदी निविरोध रुपमा चयन भएका छन् । मन्थलीमा सम्पान्न जिफण्ट बागमती प्रदेश सदस्य प्रकाश गुरुङ्ग को अध्यक्षतामा भएको उक्त जिल्ला भेलाले एक कार्यकालका लागि सुवेदीको नेतृत्वमा नयाँ समिति गठन गरेको हो ।
जिफण्ट बागमती प्रदेशका सचिब कृष्ण रिमालको प्रमुख आतिथ्यतामा भएको उक्त n ८ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको जानकारी नव निर्वाचित अध्यक्ष तीर्थ सुवेदीले जानकारी गराए । सचिब विन्द्रा कुमार लामा रहेको उक्त समितिका सदस्यहरुमा क्रमशः वाला काजि कार्कि,सुवास फुँयाल,सुदीप कार्की,दिनेश घिमिरे,जानुका फुयाँल र वालक लामा रहेका छन् ।
भेलामा नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य.शान्ति प्रसाद पौडेल,प्रदेश माननीय तथा नेकपा एमाले जिल्ला कमिटी रामेछापका अध्यक्ष क.आनन्द कुमार श्रेष्ठ र उपसचिव प्रकाश कुमार कार्की समेको उपस्थितिमा उक्त भेला सम्पन्न सम्पन्न भएको हो ।
यो बारेमा तपाईको प्रतिकृया