रामेछाप १२ असोज । मन्थली नगरपालिकाले एकै दिन जिल्ला सदरमुकाम मन्थलीमा रहेका २७ वटा मासु पसलको अनुगमन गरेको छ । नगरले सरकार द्धारा परिभाषित सरोकारवाला निकाएका प्रतिनिधिहरुको समेत रोहबरमा बुधबार एकै दिन गरेका चाडपर्व लक्षित बजार अनुगमन कार्यक्रम अन्र्तगत कुनौरी, भैसेश्वर मन्थली बजार देखि आकासे सम्मका मासु पसलको अनुगमन गरेको हो ।
बजार अनुगमन समितिका संयोजक तथा मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विगत बर्षको तुलनामा यस बर्ष मासु पसलहरुमा धेरै सुधार आएको भेटिएको नगरपालिकाका पशु सेवा प्रमुख मुकुन्द खड्काले जानकारी दिनु भयो ।
अनुगमनका क्रममा विगत बर्षहरुमा कुहिएको र किरा परेको मासु पनि जफत हुने गरेको थियो । तर यस बर्ष भने त्यस खालको गतिविधि कुनैमा पनि नभेटिएको पनि खड्काले जानकारी गराउनु भयो । उहाँले मुख्य चाड्पर्व लक्षित पसल अनुगमन भएकोले आकस्मिक रुपमा अनुगमन गरिएको र जति सुकै बेला पनि पुनः अनुगमन हुन सक्ने पनि खड्काले बताउनु भयो ।
दुई ग्रुपमा छुट्टा छुट्टै रुपमा २७ वटा मासु पसल अनुगमन गर्दा ६ वटा मात्र पसल दर्ता बिनानै संचालनमा रहेको पाईएको र यसरी दर्ता बिनै संचालनमा रहेका पसललाई एक हप्ताभित्र दर्ता गर्न अल्टिमेटम दिइएको छ ।
अनुगमन गरिएका मध्य केहिलाई सर सफाईमा ध्यान दिन र सबैलाई मुल्य सूचिमा एक रुपता ल्याउन सुझाब दिईएको र पुन कमजोरी भेटिए नियमानुसार कार्वाहि गरिने जानकारी उपप्रमुख ईश्वरी बस्नेतले दिनु भयो । नगरपालिका नागरिकको स्वास्थ्य प्रति गम्भिर भएकोले यो अभियानलाई नगरि भरि लैजाने तयारीमा आफुहरु रहेको पनि बस्नेतले जानकारी दिनुभयो ।
अनुगमन टोलिले केहिमा सफा नगरेको, हतियार स्टिलेसन् नभएको, मूल्य सूची, दर्ता पत्रमाणपत्र देखिने गरी नराखेको लगायतका लापरबाही गर्ने गरेको भेटिएको भन्दै सुधार गर्न आग्रह गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया