रामेछाप २ चैत्र । चैत्र महिनाको पहिलो हप्ता वित्नै लाग्दा रामेछाप नगरपालिका भित्र संचालनको तयारीमा रहेका योजनाहरु मध्य आधा योजना पनि संझौता हुन सकेका छैनन् । कार्यालयको ढिलासुस्ति संगै उपभोक्ताहरुले देखाएको कम चासोका कारण प्रस्तावित मध्य अधिकाँश योजना संझौता हुन नसकेका हुन ।
हुन त नगरपालिकाको बैठकले समयमानै योजना संझौता प्रस्तावित निति भित्र बसेर योजना फर फारक गर्न र सबै वडा कार्यालयले प्रस्तावित योजनाको संझौता गर्नका लागि समयमानै सर्वजनिक सूचना र औपचारिक रुपमा जानकारी गराई पनि सकेको छ ।
तर हाल सम्म कुल संख्याको आधा भन्दा कम योजना मात्र सझौताका लागि सकेको नगरका योजना शाखाका प्रमुख नारायण कार्किले बताउनु भयो । उहाँले भन्नु भयो हामिले योजना संझौता गर्न आउनका लागि ताकेता गरि रहदा पनि सोचेजति संख्यामा योजना संझौता गर्न नआएकोले काम तामेलीमा पनि ढिलाई भएको प्रमुख कार्किले बताउनु भयो ।
योजना संझौताका काम बाँकि रहेको भएपनि रामेछाप नगरपालिकाले संझौता भई काम सकिएका योजनाहरुको स्थलगत रुपमा अनुगमन गर्नै कामलाई भने महत्का साथ अगाडि बढाई रहेको नगरकि उप प्रमुख बाला कुमारी कार्किले बताउनु भयो । उहाँले भन्नु भयो — नगरबाट संचालन हुने सबै खालका योजनाहरुका कामहरु गुणस्तरिय हुनु पर्छ भन्ने नगरको मान्यताका रहेको छ । सो क्रममा विभिन्न वडामा बाट गरि करिब ३ दर्जन जति योजनाको अनुगमनको काम सकिई सकेको र अधिकाँश योजनाहरुको अबस्था सन्तोषजनकनै रहेको पनि उप प्रमुख कार्कीले बताउनु भयो ।
अनुगमनमा संलग्न नगरपालिकाका ईन्जिनियर प्रविण गिरिले योजनाको कामले सोचेजति गति लिन नसकेको भएपनि सम्पन्न भएका अधिकाँश योजनाको अबस्था भने सन्तेषजनक रहेको बताउनु भयो । उहाँले भन्नु भयो– अहिले अन्तिम अनुगमन चलिरहे पनि हामिले प्रत्यक योजनाहरु संचालनका क्रममा पटक पटक स्थलगत रुपमा अनुगमन गरेका छौ । सो क्रममा आफुहरुले नगरले निर्दिष्ट गरेको मापदण्डलाई मुख्य आधार बनाएर काम गरेको पनि ईन्जिनियर गिरीले बताउनु भयो । अहिले सम्म संचालित योजना र संझौेता हुन बाँकि रहेका कामको गतिलाई नियाल्दा नगरको विकासले गत बर्षको भन्दा बढी गतिलिने अबस्था नदेखिएको पनि गिरिको भनाई रहेको छ ।


यो बारेमा तपाईको प्रतिकृया