रामेछाप १३ पुस । रामेछाप नगरपालिका वडा नं ८ ले आफ्ना वडा भित्र क्रियाशील महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा र झोलाद्वारा प्रोत्साहन गरेको छ । वडा कार्यालयले शुक्रवार कार्यालय परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सुइटर,झोला र जुत्ता प्रदान गरेको हो ।
आफ्नो वडा भित्र रहेका रहेका ११ जना महिला स्वास्थ्य स्वयम सेविकाहरूलाई कार्यस्थलमा रहेर र गएर काम गर्ने खालको मनोबल अभिवृद्धि होस भन्नका खातिर उक्त प्रोत्साहन स्वरूप उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
वडा अध्यक्ष सन्तोष तामाङको अध्यक्षता र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेको प्रमुख अतिथियतामा भएको उक्त कार्यक्रममा उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे समेतको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख लव श्री न्यौपानेले महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँमा रहेर गरेको कामको प्रशंसा गर्नु हुँदै उहाँहरूको कामको मूल्याङ्कनका आधारमा वडा कार्यालयले यस खालको काम गर्दे आएको भन्दै उनीहरूका लागि काम गर्ने वातावरण निर्माण सहित मनोबल बढाउन वडाले यस्तो कार्यक्रम गर्दै आएको भन्दै उक्त कामको प्रशंसा गर्नु भयो ।
गाउँमै रहेर सुख दुखको साथीका रूपमा नागरिकलाई सेवा गरेका कारण महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई प्रोत्साहन स्वरूप ति सामाग्रीहरू वितरण गरिएको वडाध्यक्ष सन्तोष तामाङले बताउनु भयो ।











यो बारेमा तपाईको प्रतिकृया