मन्थली,२६ फागुन । ८८ औँ महाशिवरात्रि पर्वको अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र भँगेरीले सोमबार केन्द्रको आफ्नो कार्यालयमा प्रवचन सहित विविध कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रामेछाप नगर प्रमुख लवश्री न्याैपानेले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
प्रवचन कार्यक्रमका प्रमुख अतिथि एबं नगर प्रमुख न्यौपानेले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको अभियानले धेरै मान्छेलाई सुमार्गमा हिँड्न प्रेरणा मिलेको बताउनुभयो । उहाँले पछिल्लो समयमा मानव जातमा बढेको विकृति र विकार हरूलाई यस खालका कार्यक्रम र प्रवचनले सही बाटोमा ल्याउने हुँदै सब मानिसलाई यस ज्ञानमा लाग्न आग्रह गर्दै असल कर्मकै कारण मानव जीवन सार्थक हुने धारणा राख्नु भएको थियो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका सीता दिदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शिवरात्रि पर्वको महिमाका बारेमा चर्चा गर्दै मानव जीवनलाई आध्यात्मिक चिन्तन र जीवन विज्ञान सँग जोड्न सके हाम्रो जीवन अझ सुखी र खुसी हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा व्रम्हकुमार प्राडा भरत कुमार श्रेष्ठ,नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले पनि आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमका अवसरमा योग साधक रामहरि सुवेदीको गायन प्रस्तुति र स साना नानीहरूको नृत्यले कार्यक्रमलाई मनोरञ्जनमय बनाएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया