रामेछाप ३ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले परिवर्तनका लागि तरुण जागरण आवश्यक पर्ने बताएका छन् । सो कुरा राणाले शुक्रवार नेपाल तरुण दल रामेछापको पहिलो जिल्ला सम्मेलनलाई शनिवार सदरमुकाम मन्थलीमा सम्बोधन गर्ने क्रममा बताएका हुन् । उनले तरुणहरूमा अनुशासन सहितको क्रान्तिकारिता पनि जरुरी भएको बताए ।
वर्तमान राजनीतिक अवस्था प्रति सङ्केत गर्दे नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका रानाले प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले काँग्रेसलाई मात्र नभएर आम नेपाली नागरिकहरूलाई समेत धोका दिएको आरोप पनि लगाए । नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष समेत रही सकेका नेता राणाले नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसलाई मात्र हैन आम नागरिकलाई धोका दिएको बताए । राणाले भने प्रधानमन्त्री दाहालले सत्ता टिकाउनका लागि निष्ठा र विश्वास नै गुमाएको बताए । नेता राणाले “हिजो आम नागरिकलाई भोट माग्ने क्रममा तपाईँले गरेको प्रतिबद्धताका बारेमा तपाइले जनता सँग गएर के भन्नु हुन्छ भन्ने प्रति प्रश्न पनि राणाले प्रधानमन्त्रीलाई गरे । निर्वाचनमा एक आर्कालाई भोट दिएर निर्वाचित भएको छिटै प्रधानमन्त्री प्रचण्डले भुलेको भन्दै उनले गरेको झुटको खेती लामो समय टिक्न नसक्ने ठोकुवा पनि राणाले गरे ।
त्यस्तै सांसद उदय शमशेर राणाले रामेछाप ९ मा भएको आगलागी पीडितहरूको साथमा काँग्रेस रहेको उल्लेख गर्दै जिल्लाका पार्टी र भातृ संस्थाहरूलाई तत्काल घटना स्थलमा पुगेर विपद् पीडितहरूको सहयोगमा जुट्न पनि आग्रह गरे । राणाले आगोलागि पीडितलाई आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै ‘मेरो तर्फबाट पनि उनीहरूका लागि सहयोग र राहतका सामान पठाउने प्रतिबद्धता विश्वास दिलाए ।
कार्यक्रमका विशिष्ट अतिथि सङ्घीय सांसद एवं नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ९कान्छाराम० ले पछिल्लो समयमा तरुणहरूमा पनि विगतको जस्तो जोस र जाँगर सेलाउन थालेको अनुभूति आफूले गरेको भन्दै जाँगर पूर्वक सङ्गठनमा जुट्न पनि उनले आग्रह गरे । त्यसका लागि आम तरुणहरूमा ईमान्दारीता आवश्यक रहेको पनि उनले बताए ।
सो क्रममा उनले विहीवार दिउँसो रामेछाप ९ मा लागेको आगो र तिनका पीडितहरूलाई आफूले प्रति परिवार १०–१० हजार सहयोग गर्ने आश्वासन पनि दिए । उनले अन्य काँग्रेसका नेता तथा कार्यकर्ताहरू पनि पीडितहरूको साथ र सहयोगमा लाग्ने विश्वास पनि व्यक्त गरे ।
सो अवसरमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले लामो समय देखी अधिवेशन हुन नसकेको नेपाल तरुण दलले सबै जिल्लामा चाँडै आफ्नो अधिवेशन गर्ने बताए । उनले भने हामीले तत्काल केन्द्रीय समितिको बैठक बोलाएर सबै जिल्ला अधिवेशनलाई टुङ्गोमा पुर्याउने आश्वासन पनि दिए । सो क्रममा गुरुगले तरुण दल सधैँभरि दुःखी पीडितहरूको साथमा रहेको भन्दै रामेछापको आगोलागि पीडितहरूको उद्धार र पुनः स्थापनामा सहयोगको कार्यमा जुट्न पनि निर्देशन दिए ।
यो बारेमा तपाईको प्रतिकृया