Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको राता टारका पीडितका लागि  जिल्ला विपद् व्यवस्थापनको चासो पछि  विभिन्न निकायले  सहयोग गर्ने प्रतिबद्धता , एक करोड ८६ लाख रुपैयाँ बरावरको क्षति

नेपाल अभियान नेपाल अभियान
३ चैत्र २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३ चैत  । रामेछापको रामेछाप नगरपालिका–९ को राता टारका आगलागी पीडितहरूको उदरका लागि जिल्लाका सबै निकायहरूले एक जुट भएर सहयोग गर्नै भएका छन् । शनिवार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले वोलाएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकका अवसरमा सहभगि सदस्यहरूले उक्त घटनालाई साझा घटनाको रूपमा ग्रहण गर्दे पीडित परिवारका लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्  । 

बिहीबार दिउँसो लागेको आगोका कारण रात टारका १२ घर र १४ गोठ जलेको विषय र बाँकी दिनमा सम्भावित डढेलोको जोखिम र  नियन्त्रणका लागि गर्न सकिने उपाएका बारेमा जानकारी लिने र दिने उद्देश्यले आयोजना गरिएको बैठकमा रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सहयोगका उपाएका बारेमा खोजी गरे सँगे मन्थली नगरपालिकाले हाल लागि  प्रति परिवार २ ÷२ वण्डिल जस्ता,मन्थली उद्योग वाणिज्य सङ्घले ५ सय लिटर बरावरका १ ÷१ वट हिल टेक सहयोग स्वरूप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् भने बाँकी सहयोगको हकमा अन्तरपालिका सँग समेत समन्वय गर्न सबैका लागि दीर्घकालीन रूपमा समिति निर्माण गरी हालका लागि उनीहरूलाई थप सहयोग माग गर्ने पनि निर्णय भएको छ  ।

त्यसैगरि जिल्ला प्रशासन कार्यालयले सरकारी मापदण्ड अनुसारको सहयोग उपलब्ध गराउने भएको छ । पीडितहरूका लागि सोही दिन रामेछाप नगरपालिकाले आवश्यक खाद्यान्न र नेपाल रेडक्रस जिल्ला सोसाइटी रामेछापले पनि त्रीपाल कम्मल भित्र लगाउने कपडा र एक एक सेट खाना पकाउने भाँडा वितरण गरिसकेको छ । त्यसैगरि शुक्रवार मन्थली नगरपालिका र एमाले जिल्ला कमिटी रामेछापले पनि उनीहरूका लागि केही खाद्यान्न सामाग्री उपलब्ध गराएको थियो । 

त्यसै गरी बैठकमा रामेछाप नगर र जिल्ला प्रहरी कार्यालयले उक्त आगलागी वाट भएको क्षतिको विवरणका बारेमा पनि जानकारी गराएको थियो । उक्त घटनामा परि  अन्दाजी एक करोड ८६ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ । प्रहरीका अनुसार राता टार स्थित रहेको हरदेवी पाखा सामुदायिक वनमा सल्किएको आगो हावाहुरीका कारण सोही स्थानको मानव बस्ती पनि सल्किएको हो । आगोलागि घटनाबाट राता टार गाउँका १२ घर परिवारका घर, गोठ, लत्ताकपडा, अन्नपात, भाडा वर्तन, नगद र पशु चौपाया गरी एक करोड ८६ लाख ३१ हजार बारावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बैठकमा जानकारी गराए ।

त्यसै गरी र्किनी तामाङको कच्ची घर, भाडा वर्तन, लत्ता कपडा, अन्नपात , सुन ३ तोला , चाँदी पाँच तोला र नगद दुई लाख ७५ हजार गरी ६ लाख ७५ हजार, ४ जनाको परिवार रहेको धन बहादुर तामाङको कच्ची घर, भाडा वर्तन, लत्ता कपडा, अन्नपात र नगद ८० हजार कुखुरा गरी ४ लाख ५० हजार र १० जनाको परिवार रहेको पूर्ण बहादुर नेवारको कच्ची घर, गोठ भाडा वर्तन, लत्ता कपडा, अन्नपात , २२ ओटा बाख्रा गरी गरी २१ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

त्यसैगरि  २१ जनाको परिवार रहेको धनमाया श्रेष्ठको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात र ४ ओटा बाख्रा, सुन तीन तोला र नगद सात लाख रुपैयाँ गरी ५१ लाख पाँच हजार, पाँच जनाको परिवार रहेको रमेश श्रेष्ठको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात गरी १५ लाख ९५ हजार, र १२ जना परिवार रहेको उत्तरकुमारी श्रेष्ठको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात, सुन तिन तोला गरी ३१ लाख २४ लाख बराबरको क्षति भएको छ ।

त्यसैगरि  सिताराम नेवारको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात, बाख्रा १६ ओटा गरी .१६ लाख ७० हजार, ४ जनाको परिवार रहेको मीन बहादुर नेवारको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात, ९ वटा बाख्रा, एउटा गोरु गरी ६ लाख, मानकुमारी नेवारको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ता कपडा, अन्नपात, १२ वटा बाख्रा र १५ ओटा कुखुरा गरी २७ लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसै गरी ९ जनाको परिवार रहेको बमबहादुर श्रेष्ठको कच्ची घर, गोठ, भाडा वर्तन, लत्ताकपडा, अन्नपात गरी १५ लाख १० हजार बराबरको धनमाल क्षति भएको विवरण पनि बैठकमा जानकारी गराईएको थियो । बैठकमा चैत लागे यता मात्र रामेछाप जिल्लाका करिब १ दर्जन ठाउँमा आगो लागी सकेको र यस क्रममा वढावा हुन सक्ने भएकोले यसका लागि सबै पक्षलाई सचेत भएर लाग्न र आगो लगाउने जस्तो अपराधमा संलग्नको पहिचान गर्ने काममा सहयोग गर्न पनि प्रजिअले आग्रह गर्नु भएको थियो । 

Share10Tweet6Share2

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

३ चैत्र २०८०, शनिबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

३ चैत्र २०८०, शनिबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

३ चैत्र २०८०, शनिबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

३ चैत्र २०८०, शनिबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

३ चैत्र २०८०, शनिबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

३ चैत्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.