Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाले दियो आगलागी पीडितलाई जस्ता पाता

नेपाल अभियान नेपाल अभियान
५ चैत्र २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
21
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । आगलागि भएको भोलीपल्ट रामेछाप नगरपालिका–९ टारका १३ घर पीडितहरु घटना स्थलमानै पुगेर चामल लगायत विभिन्न खाद्यन्न सामाग्रि सहयोग गरेको मन्थली नगरपालिकाले सोमबार विहान पुनः उनिहरुको घर दैलोमा पुगेर जस्ता पाता सहयोग गरेको छ । मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठको नेतृत्वमा विपत् व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल थापा लगायत कर्मचारी र सँचारकर्मिहरु हरूकोे टोलीले सोमबार विहानै आगलागी प्रभावित बस्तिका पीडितहरुको दैलोमानै पुगेर सहयोग स्वरुप जस्ता पात उपलब्ध गराएको हो ।
नगरपालिकाले पीडित परिवारलाई सोमबार प्रति परिवार दुई बन्डलका दरले छाना छाउने जस्ता पाता उपलब्ध गराएको हो । राहत लिनका लागि भेला भएका पीडित परिवारहरुलाई जस्ता पाता प्रदान गर्दे नगरपालिका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले छिमेकी नगरपालीका भएको नाताले एकलाई पर्दा अर्काे छिमिेकिले सहयोग गर्नु मानविय धर्म भएको र भाईचाराको नाताले मन्थली नगरपालिकाले सामान्य भएपनि सहयोग गरेको र आवश्यक परे सकेको सहयोग गर्न मन्थली नगरपालिका अझै तयार रहेका वताएका थिए ।
रामेछाप नगरपालिका–९ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ समेतको रोहबरमा मन्थली नगरपालिका विपत् व्यवस्थापन समिति संयोजक एवं वडा नं ३ का अध्यक्ष कृष्णगोपाल थापाले पनि पीडितहरुलाई जस्ता पाता प्रदान गर्दे आगलागीबाट जोगिन गाउँलेहरुले घर वरपर झाडि र पत्करजन्य सामाग्रि नराख्नका लागि पनि अनुरोध गरेका थिए ।
गत विहिवार नजिकैको जङ्गलमा लागेको आगो गाउँमा पसेपछि गाउँका १३ घर संगै १४ वटा गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट धनमाल र पशु बस्तु क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । आगलागीमा परी ६० भन्दा बढी बाख्रा दुई वटा भैँसी लगायतका पशु बस्तु समेत मरेका थिए ।
सोमबार मन्थली नगरपालिकाले जस्ता पाता सहयोग गरेसंगै भोलिपल्ट नेकपा एमाले रामेछाप, रामेछाप रेडक्रस र विभिन्न सहयोगि ब्यक्ति र संस्थाहरुले आगलागी भएको भोलिपल्टै खाद्यान्न लगाएको सामान सहयोग गरेका थिए भने जिल्ला विपत् व्यवस्थापन समितिले ३० हजारका दरले र रामेछाप नगरपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद सहयोग गर्ने निर्णय गरेकोले उनिहरुलाई तत्कालका लागि निकै राहत भएको पनि वडा अध्यक्ष चन्द्र वहादुर श्रेष्ठले जानकारी गराए । उनले पछिल्लो समयमा खाद्यान्न, कपडा र अन्य सामाग्रीहरू जुट्न लागेका भए पनि पीडितहरुका लागि स्थायी आवास निर्माण गर्नु भने उनिहरु र वडाका लागि समेत मुख्य चुनौतीको विषय भएकोेले यस तर्फ सबैको ध्यानाकर्षण पनि गराए ।

Share8Tweet5Share1

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

५ चैत्र २०८०, सोमबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

५ चैत्र २०८०, सोमबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

५ चैत्र २०८०, सोमबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

५ चैत्र २०८०, सोमबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

५ चैत्र २०८०, सोमबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

५ चैत्र २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.