Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप  जिल्ला अस्पताल देशभरमै तेस्रो हुन सफल

नेपाल अभियान नेपाल अभियान
७ चैत्र २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
36
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ७ चैत । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अङ्क ल्याएर तेसो हुन सफल भएको छ । देशभर रहेका १५ शय्याका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि र तरिकामा तेस्रो हुन सफल भएको हो । 

मापदण्ड मूल्याङ्कन समितिले बुधवार अस्पताल व्यवस्थापन समिति सबै स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूको समेतको रोहवरमा जिल्ला अस्पताल रामेछापमा एक औपचारिक कार्यक्रम गरी आफ्नो मूल्याङ्कन प्रतिवेदन  सार्वजनिक गरेको हो । टोलीले सरकारी सूचकका आधारमा  लामो समय लगाएर मसिनो गरी गरेको मुल्याकनमा जिल्ला अस्पताल रामेछापलाई उछिन्दै, जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अङ्क पाएर पहिलो  र सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल  ९२ प्रतिशत अङ्क पाएर दोस्रो हुन सफल भएको जानकारी पनि उक्त समितिले गराएको थियो ।

 आफ्नो सेवालाई भर लाग्दो र नागरिक मैत्री सेवामा समर्पित  गराउँदै आएको जिल्ला अस्पताल रामेछाप सरकारद्वारा गठित  जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शय्या अस्पतालहरूमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो 

सेवा प्रवाह र सुशासन सँगै स्वास्थ्य निर्देशनालयले तयार पारेको विभिन्न सूचकका आधारमा मूल ढोका देखि अप्रेसन थिएटर सम्मको गरेको स्थलगत मापनमा जिल्ला अस्पतालले ९१ प्रतिशत अङ्क पाएको जानकारी मूल्याङ्कन समितिका संयोजक एवं कोसी अस्पतालका डा हो । यो विगतको तुलनामा सुधारोन्मुख अङ्क हो । एक वर्ष अघिको मापन अनुसार ८७ प्रतिशत अङ्क रहेको अस्पतालले विगतको तुलनामा आफ्नो सेवालाई थप सुधार गर्दै लगेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।   

      २०७७को  मूल्याङ्कनमा ६८ प्रतिशत,२०७८ मा ५७ प्रतिशत अङ्क प्राप्त गरेको अस्पतालले २०७९ मा ८७ प्रतिशत र  २०८० सम्म आइपुग्दा भने त्यसमा बढवा गरी  ९१ प्रतिशत अङ्क पाएको जानकारी मूल्याङ्कन समितिका संयोजक कोसी अस्पतालका वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डाक्टर  डा दीपेन्द्र पाण्डेले जानकारी गराए । उनले अस्पतालको स्मार्ट नेतृत्व सँगै स्मार्ट स्टाफको स्मार्ट सेवाले आफूहरूलाई थप प्रभावकारी बनाएको भन्दै आगामी वर्ष यसमा अझै सुधार गर्नका लागि पनि व्यवस्थापन पक्ष सँग आग्रह गरे  ।  

 मूल्याङ्कन मापदण्डमा अस्पतालको भवन, फोहोर व्यवस्थापन,औषधिको व्यवस्थापन, बिरामी उपचार,सेवा प्रवाह लगायतका सूचकमा अस्पतालले राम्रो अङ्क पाएको अनुगमन टोलीका सदस्य समेत रहेका  बकुलर रत्न नगर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन ज्ञवालीले बताए ।  जिल्ला अस्पतालको केही वर्ष यताको सेवा प्रवाह र गुणस्तरमा सुधार गरेकै कारण अस्पताल देशभरमै तेस्रो हुन सफल भएको पनि सो अवसरमा बताइएको थियो  ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले प्रमुख अतिथिका रूपमा बोल्दै सरकारी मूल्याङ्कनमा  जिल्ला अस्पताल रामेछाप उत्कृष्ट हुन सफल भएकोमा सिङ्गो स्वास्थ्यकर्मिहरुको टिम धन्यवाद दिँदै आगामी दिनमा अरु अब्बल स्थानल्याउने गरी उदाहरणिय काम गर्न पनि व्यवस्थापन समितिलाई आग्रह गर्नु भयो । उहाँले यो अभियान सम्म आइपुग्दा अस्पताललाई नगरपालिकाले पनि धेरै सहयोग गरेको भन्दै आगामी दिनहरूमा पनि थप सहयोग गर्दे जाने  प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले  जिल्ला अस्पतालले गरेको काम र अस्पतालले सवैसाधारण नागरिकलाई दिदै  आएको सेवा प्रवाह,अवस्था सँगै प्राप्त विभिन्न सुविधाका बारेमा जानकारी गराएका थिए । सो क्रममा डा श्रेष्ठले  आफूले मेडिकल सुपरिटेन्डेन्ट जिम्मेवारी सम्हालेपछि अस्पतालमा आएको  परिवर्तनका बारेमा जानकारी गराउँदै यसका लागि  रामेछाप नगरपालिका,अस्पताल व्यवस्थापन समिति र आफ्ना स्वास्थयकर्मिहरुको  टिम धन्यवादको पात्र भएको पनि बताए । उनले आगामी दिनमा न्यूनतम सेवा मापदण्डमा अस्पतालले अझ सुधार गर्दै जाने विश्वास पनि व्यक्त गरे  । 

कार्यक्रममा अध्यक्षको आसन बाट बोल्दै अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले अस्पतालको कुशल नेतृत्व सँगै असल टिम वर्कका कारण अस्पतालले उँचो स्थान लिएको भन्दै यसबाट आफूलाई खुसी लागेको बताए । उनले सेवा प्रवाह र अस्पतालको अन्य विकासका लागी आफूले सकभर प्रयास गरी रहेको भन्दै  पछिल्लो समयमा  अस्पतालमा चिकित्सक सँगै धेरै सेवाहरू थप भएको जानकारी पनि गराए । सो अवसरमा उनले १५ शय्याको अस्पताल भर्खरै मात्र ५० शय्यामा स्तरोन्नति भएको सुखद खबर पनि यसै सभामा सुनाउन पाउँदा आफूलाई खुसी बनाएको भन्दै अब छिट्टै यसको  कार्यान्वयन प्रक्रिया पनि अगि बढाउने  अध्यक्ष पाख्रिनले जानकारी गराए ।  

Share14Tweet9Share3

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

७ चैत्र २०८०, बुधबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

७ चैत्र २०८०, बुधबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

७ चैत्र २०८०, बुधबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

७ चैत्र २०८०, बुधबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

७ चैत्र २०८०, बुधबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

७ चैत्र २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.