रामेछाप २६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले काँग्रेस मिलेर सरकार बनाउन नहुने धारणा राखेका छन् । उनले काँग्रेस र एमालेको एजेन्डा पनि नमिल्ने भएकोले काँग्रेस सरकारमा सहकार्य हुन नसक्ने पनि स्पष्ट पारे । ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले पनि काँग्रेसलाई बाँकी कार्यकाल सरकार बाहिर बसेरै भए पनि सहयोग गर्न आग्रह गरे । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधवार मन्थलीमा सम्बोधन गर्नै क्रममा पौडेलले उक्त धारणा व्यक्त गरेका हुन ।
उनले २०८४ सम्म अहिलेकै सरकार जाने र २०८४ को निर्वाचन पछि नेकपा एमाले एकल बहुमतप्राप्त पार्टी बन्ने उहाँले बताउनुभयो । एमालेका नेता कार्यकर्तालाई प्रधानमन्त्री वा मन्त्री बनाउनको लागि मात्र नभई लोकतन्त्र, राष्ट्रियता र समृद्धिको यात्रा सफल बनाउनको लागि भएको उहाँको भनाइ छ । ‘नेकपा एमालेको बहुमतको सरकार राष्ट्रको लागि चाहिएको छ, जनतालको लागि चाहिएको पनि पौडेलको तर्क रहेको छ ।
पौडेलले अन्य देशको संविधान सँगको तुलनामा नेपालको संविधान उत्कृष्ट भएको भन्दै जनताका प्रतिनिधिहरूले जनताकै लागि निर्माण गरेको संविधान उत्कृष्ट भए पनि त्यसको समुचित कार्यान्वयनले मात्र संविधानमा भएको व्यवस्थाले अर्थपूर्ण भूमिका निर्वाह गर्ने पनि नेता पौडेलले बताएका छन् ।
सो अवसरमा उनले संविधानले निर्देशन गरेको दिशा तर्फ समाजलाई लैजानु पर्नेमा एमाले दृढ रहेको भन्दै त्यसका लागि आवश्यक भिजन एमाले पार्टीहरू सँग मात्र रहेको र त्यसै अनुसार चल्न पनि उपाध्यक्ष पौडेलले कार्यकर्ताहरूलाई आग्रह गरे ।
भर्खरै सम्पन्न इलाम र बझाङको निर्वाचन आफ्नो पक्षमा आएपछि हौसिएको एमाले रामेछापका जिल्ला अधिवेशनमा पनि हौसिएर लागेको थियो । उनले सम्पन्न इलाम र बझाङको निर्वाचनमा एमाले पार्टीलाई भित्तोमा पु¥याउन अन्य राजनीतिक दलहरू मरिमेटेरै लागेको भए पनि त्यस क्षेत्रका मतदाताले राम्रो सँग विपक्षीहरूलाई जवाफ दिएर एमालेले लाई साथ दिएकोमा उनले मतदाताहरूलाई धन्यवाद पनि दिए । उनले २०८९ को निर्वाचन पछि नेकपा एमालेले राष्ट्रिय राजनीतिको निकासको लागि केही पहल गरेको भन्दै त्यस बेला एमालेलाई दुई महिनाको बिचमा नै सरकाबाट हटाउने काम भएको दाबी पनि गरे ।
उनले एमालेले जनताको आकाङ्क्षा अनुसार काम गरेर एकल बहुमत सहित सरकार बनाउने स्थानमा पुगे मात्रै संविधानको रक्षा र संविधानले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने पनि बताए ।
नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधवार मन्थलीमा सम्बोधन गर्दै पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने भन्दै यसका लागि कार्यकर्तालाई जिम्मेवार पूर्वक लाग्न पनि आग्रह गरे । ‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ, नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको भन्दै नेता पौडेलले यस तर्फ सबै नेता तथा कार्यकर्ताहरूलाई गम्भीर हुन पनि सुझाए ।
उनले अहिलेको सत्ता समीकरणको न्यूनतम साझा सहमति बनेको र जनतामा आशा जगाउने काम भएको भन्दै अहिले पनि यो सरकार भत्काउनको लागि विभिन्न कोसिस भइरहेको किस्सा पनि सुनाए । यो सरकार विरुद्ध कस्ता षडयन्त्र भइरहेका छन् भन्ने हामीलाई थाहा छ, ती षडयन्त्रलाई नेकपा एमालेले तोडेर अघि बढ्ने भन्दै यो सरकारलाई निरन्तरता दिन एमाले दृढताका साथ लागि पर्ने आश्वासन पनि पौडेलले दिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले नेकपा एमाले मिसन २०८४ को अभियान लिएर हिँडेको भन्दै ‘विकास र समृद्धिको योजना नेकपा एमालेसँग मात्र रहेको बताए ।
उनले नेकपा एमाले र माओवादीको अहिले संयुक्त सरकार भएको बताउँदै ढुङ्गेलले एमाले बहुदलीय जनवादको फराकिलो राजमार्गमा हिँडेकोले एमाले कतै नठोक्किई अगाडि बढ्ने भन्दै एमालेको राजमार्गमा अघि बढ्न नसक्नेहरू बिच बाटोमा नै झर्न सक्ने धारणा राखेका थिए ।उनले दर्शन, सिद्धान्त, नीति र कार्यक्रम सही लिएर अघि बढ्यो भने जनताको उभार आउने भन्दै । त्यो तागत एमालेसँग मात्र रहेको दाबी पनि ढुङ्गेलले गरे ।
कार्यक्रममा अन्य केन्दिय नेता। जिल्ला र छिमेकी जिल्लाका नेता र रामेछापका नेपाली काँग्रेस र नेकपा माओवादीका प्रतिनिधि हरुले पनि शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा नेता कार्यकर्ताहरूको उल्लेखनीय रूपमा सहभागिता रहेको थियो । तीन दीन सम्म चल्ने उक्त अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने र त्यसका लागि अध्यक्ष पदमा भने निर्वाचन हुन सक्ने अवस्था रहेको स्वयं नेता तथा कार्यकर्ताहरूले बताएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया