
रामेछाप २५ जेठ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले आफ्नो कार्य क्षेत्रका आलु उत्पादक किसानहरूका लागि आलुको बीउ उत्पादन तथा बीउ प्रमाणीकरण गर्न तालिम दिएको छ । शुक्रवार देखी मन्थलीमा सुरु भएको उक्त तालिम ३ दिन सम्म चल्ने छ । तालिमको उद्घाटन प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले गरेका हुन् ।
कृषकहरूको मागका आधारमा विभिन्न समयमा कृषि सम्बद्ध निकायबाट ५० देखि ७५ प्रतिशत सम्म अनुदानमा वितरित हाते ट्याक्टर, मिल, किलो, ढक, तराजु लगायतका आधुनिक कृषि औजार एवं उपकरणहरू मर्मत गर्न सिकाएर कृषकलाई प्रविधिमा दक्ष बनाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले आफ्नो कार्य क्षेत्रका आलु उत्पादक किसानहरूलाई आलुको बीउ उत्पादन तथा बीउ प्रमाणीकरण गर्न तालिम दिएको हो ।
उद्घाटन कार्यक्रममा कार्यालय प्रमुख थिर लाल गैरे, पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँ घरे ,मन्थली उवासंघका सचिव यज्ञ सुवेदी लगायतले तालिम सफलताको कामना गरेका थिए ।
आइतबार सम्म चल्ने उक्त तालिममा रामेछाप र दोलखाका आलु जोन क्षेत्रका किसान एवं आलु उत्पादक किसानहरूलाई आलुको उन्नत जातको बीउ, आलुको रोप्ने, गोडमेल गर्ने सहित आलु सम्बन्धी सम्पूर्ण विषयमा जानकारी गराइने कार्यालय प्रमुख गैरेले प्रस्ट पारे । परियोजनाले दुई जिल्लामा आलुसहित जुनार, किवी, बाख्रा पालन लगायतका विषयमा काम गर्दै आएकाले प्रक्रिया पु¥याएर आउने कोही किसानहरू पनि आफ्नो सेवा सुविधाबाट वञ्चित नभएको दाबी गरे । सो अवसरमा रामेछाप र दोलखा जिल्लाका समेत गरी करिब २ दर्जन जति अगुवा कृषकहरू सहभागी भएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया