रामेछाप २६ जेठ। आफनो जमिन भएर पनि भवनको अभाव ब्यहोर्दे आएको जिल्लाको पुरानो सदरमुकाम स्थित गौरीशंकर बहुमुखी क्याम्पसको भवन निर्माणका लागि वजेट विनियोजन भएको छ । भवन निर्माणको लागि विश्व विद्यालय अनुदान आयोगबाट बजेट छुट्टिएको हो ।
भवन निर्माणको लागि आयोगबाट एक करोड रुपैयाँ अनुदान स्वीकृत भएको जानकारी आएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सन्देश घिमिरेले जानकारी दिए । क्याम्पस संचालन भएको लामो समय भए पनि बजेट अभावमा भवन बन्न नसकेको अवस्थामा भबन निर्माणका लागि बजेट विनियोजन भएको यो पहिलो पटक हो ।
बजेट विनियोजन भए संगै प्राप्त भयसँगै क्याम्पसको आफ्नै जग्गा रहेको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थित टावर डाँडामा निर्माण हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्देश घिमिरेले जानकारी दिए । बजेट बने संगै आफुहरुले बर्सौँ देखि गरेको प्रयास सफल भएको पनि अध्यक्ष घिमिरेले बताए ।
बजेट विनियोजन पछि बन्ने नयाँ भवन पछि पठन पाठनका लागि पनि सहजता आउने क्याम्पस प्रमुख मेघ प्रसाद भट्राईले जानकारी गराए ।उनले ‘बजेट ब्यवस्थापनमा सहयोग गर्न लागि पर्ने ब्यवस्थापन समितिका अध्यक्ष लगाएतका सबै सहयोगीलाई धन्यवाद पनि दिए ।
हाल रामेछाप नगरको वडा नं ८ रामेछाप डाँडामा रहेको यो क्याम्पसमा मानविकी (बिए) र शिक्षा संकाय (बिएड्) विषय अध्यायपन गराइँदै आइएको छ ।
क्याम्पस स्थापना भएको २४ वर्ष पछि बजेट परेको गौरीशंकर क्याम्पसमा हाल दुवै सङ्कायमा गरी कूल १ सय ३७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
यो बारेमा तपाईको प्रतिकृया