Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिका–८ले गर्‍यो  सार्वजनिक सुनुवाइ कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
२ असार २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
50
SHARES
Share on FacebookShare on Twitter

नगर र गाउँपालिका मात्र हैन चालु आवमा वडा भित्र सञ्चालन भएका  विकास काम र आफूहरू प्रति नागरिकहरूका गुनासा भए हाका हाकि  सुन्ने र जवाफ दिने मुख्य उद्देश्यले  रामेछाप नगरपालिका वडा नं ८ ले शुक्रवार आफ्नो कार्यालय परिसर भित्र सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ  । 

 आर्थिक वर्ष २०८०÷८१ को सुरुदेखि हालसम्म सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत सार्वजनिक गरी सेवा र विकासका बारेमा नागरिकहरूका गुनासा भए,सुनुवाइ गरी त्यसको हाकाहाकी जवाफ दिने उद्देश्यले वडा कार्यालयले शुक्रबा सार्वजनिक सुनुवाइ कार्यक्रम  सम्पन्न गरेको हो  । सार्वजनिक सुनुवाइ  कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरूको बारेमा वडाका सचिव दिपा बरालले वस्तुगत रूपमा प्रस्तुत गरेकी थिइन् ।   

वडा कार्यालयले व्यवस्थित रूपमा प्रस्तुत गरेको प्रतिवेदनले चालु आबको हालसम्म भए गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थियो । उसले यस अव अवधिमा ६ लाख ६६ हजार ६ सय १५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले कृषि,पशुपालन,सडक,खानेपानी सहित विभिन्न विषयहरूमा रहेर प्रश्न,जिज्ञासा र गुनासोहरु राखेका थिए । सहभागीहरूको प्रश्नको जवाफ वडा नं ८ का वडाध्यक्ष सन्तोष तामाङले दिनुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडावासीहरूले वडा भित्र सञ्चालन भएका विकास निर्माणका काम र सेवा प्रवाहको केही सवालमा वडा अध्यक्ष सँग सवाल माग गरेका थिए । सो अवसरमा वडा अध्यक्ष सन्तोष तामाडले  सार्वजनिक सुनुवाइ कार्यक्रममा  नागरिकहरूको प्रश्नको जवाफ दिँदै उहाँले वडावासीको आवश्यकता,चाहना र माग अनुसार नै आफूले काम गर्दै आएको जवाफ दिएका थिए  ।  सो क्रममा उनले वडाबाट प्रवाह भइरहेको हरेक काममा नागरीहरूले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने पनि बताएका थिए  ।  

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्य तामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपप्रमुख बाल कुमारी,प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष वदी नयाँघरे नेपाली काँग्रेसका नगर उप सभापति केदार कार्की,नेकपा माओवादी केन्द्रका नगर उपसभापति सरोज कटुवाल, लगायतले वडा स्तरमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमले वडाले गरेको कामको पारदर्शी सेवा र सुशासनमा टेवा पुग्ने भन्दै अरू वडा वडा कार्यालयले पनि यस खालको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नका लागि सुझाव दिएका थिए । 

Share20Tweet13Share4

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२ असार २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२ असार २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२ असार २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२ असार २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२ असार २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२ असार २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero