Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

  घर घरमा  स्वास्थ्य बिमा बुझाउँदै र गराउँदै नगर प्रवक्ता  

नेपाल अभियान नेपाल अभियान
२० असार २०८१, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । बुधवार बिहान आफ्ना नागरिकहरूका लागि वडा कार्यालयको तर्फबाट निःशुल्क स्वास्थ्य  बिमा गराई दिने अभियान लिएर स्थानीय पात्ले गाउँमा पुगेका रामेछाप  नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ७ का वडा अध्यक्ष समीर कर्किले करिब १ सयको सङ्ख्यामा भेला भएका  टोलवासीहरूलाई सोधे तपाईँहरूको संवृद्धिका लागि वडा कार्यालय सँग के अपेक्षा  छ । तपाईँहरू स्थानीय स्तर मानै  कुनै पनि खालको सिप सिकेर स्वरोजगार बन्न चाहनु हुन्छ या अरू कुनै स्वराजमुलक खालका काम गर्न चाहनु हुन्छ ।

यदि चाहनु हुन्छ भन्ने वडा कार्यालय यहाँहरूको आर्थिक समुन्नति र पारिवारिक संवृद्धिका लागि घर दैलोमानै आएर    आवश्यक सबै सहयोग र व्यवस्था गर्न तयार छ । त्यसका लागि तपाईँहरू सँग आवश्यक इच्छाशक्ति र समूह भने तयार हुन जरुरी छ । आफ्नो स्थान विशेषको तालिम र सिप लिनका लागि यहाँहरूले आफ्नो इच्छा शक्ति जगाएर घर बस्तिामानै आय आर्जनको काम गर्न सक्नु भयो भने गाउँका  कोही पनि   दाजुभाइ हरुले बेरोजगार भएर बस्नु नपर्ने अध्यक्ष कार्कीको भनाई  थियो ।

 अध्यक्ष कार्कीले आफ्ना वडा बासीहरूलाई तपाईँहरूको सकारात्मक प्रयास  र रचनात्मक कामका आधारमा आफ्नो वडालाई नमुना वडा बनाउने आफ्नो लक्ष्यलाई सहयोग गर्न पनि  आग्रह गरे । उनले त्यसका लागि सबै भन्दा पहिले हाम्रो चिन्तन  र कर्ममा परिवर्तन  जरुरी रहेको भन्दै परिवर्तनका लागि वडाले विभिन्न कामहरू गर्दे आएको दाबी पनि गरे  ।

नागरिकहरूले रुचाएकै आधारमा पुनः दोस्रो पटक वडा अध्यक्ष बन्ने सौभाग्य पाएका कार्कीलाई नगरपालिकाले पनि दोस्रो कार्यकाल सँग नगर प्रवक्ताको समेत जिम्मेवारी दिएको छ । यस अघि सबै  वडा वासीका घर घरमा सामाजिक सुरक्षा भत्ता,वडा अध्यक्षले पाउने सुविधाको रकम बाट सबै घरलाई निःशुल्क रासायनिक मल वितरण र   नागरिकहरूको खानेपानी र थोपा सिँचाइका लागि एक घर एक हिल टेक  टयाँकि वितरण गरेर चर्चामा आएका वडा अध्यक्ष कार्कीले गत वर्ष बाट आफ्ना वडाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको कामको थालनी गराएका थिए ।

सो को निरन्तरता र स्वास्थ्य बिमाका लागि आफ्नो वडाको स्वास्थ्य बिमा सहयोगीलाई लिएर   घरमानै पुगेका अध्यक्ष कार्कीले निःशुल्क बिमाको सुरुवात मात्र गरेनन्,स्वास्थ्य बिमाको उद्देश्य र यसको प्रभावकारीताका बारेमा समेत आफ्ना नागरिकहरूलाई मसिनो गरी बुझाउने प्रयास पनि गरे ।       

विगत वर्षहरूबाटै नागरिकको घरदैलोमा पुगेर उनीहरूलाई घर दैलोमा आफ्नो सरकार भएको अनुभूति दिलाउन विभिन्न खालका सकारात्मक र रचनात्मक काम गर्दे आएका अध्यक्ष कार्कीले गरेको कामलाई कतिपय अरू वडा अध्यक्षले आफ्नो वडामा पनि सञ्चालन गर्दे आएका छन् । 

७ वर्ष अघि सम्पन्न पहिलो स्थानीय निर्वाचनमा पहिलो पटक वडा अध्यक्ष हुँदा नै जिल्ला भरि मानै कम उमेरको वडा अध्यक्षका रूपमा नाम दर्ज गराएका कार्कीको काम बाट आफूहरू पनि सन्तुष्ट रहेको सहभागी हरुले सो क्रममा बताएका थिए । गत वर्षबाट वडाले सुरु गरेको निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रमले यस वर्ष आफ्नो गाउँ पुरा रूपमा समेटिने स्थानीय रुपा मगरले बताइन् ।  निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रमबाट हाल सम्म वडाका आधा जति नागरिक लाभान्वित भई सकेको वडा कार्यालयले जानकारी गराएको छ  ।  

Share26Tweet17Share5

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२० असार २०८१, बुधबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२० असार २०८१, बुधबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२० असार २०८१, बुधबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२० असार २०८१, बुधबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२० असार २०८१, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२० असार २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.