Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अविरल बर्षादका कारण सेलेघाट–रामेछाप–साँघुटार सडक खण्डको सयौं रोपनी खेतमा क्षति

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ श्रावण २०८१, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
70
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१७ साउन । रामेछाप–साँघुटार सडक आयोजनाको लापर्वाहीका कारण सर्व साधारणको करडौँको धान खेत नोक्सानी भएको छ । रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म गरी करिब ५० किलोमिटर दुरीमा रहेको निर्माणाधीन उक्त सडका निर्माणको काम थालेको लामो समय सम्म पनि आयोजनाले समयमानै काम सम्पन्न नगरेपछि सडकले अस्तब्यवस्त अवस्था ब्यहोर्दे आएको थियो ।
सडकको अस्तव्यस्तता संगै काम पुरा नहुँदै सडक आसपासका विभिन्न खोला र खोल्साहरुमा आएको वाढिले यस क्षेत्रका कृषकहरुको सयौ रोपनी धान खेत बगाएको हो भने वर्षाद संगैको वाढिले साँघुटार देउराली सडक पनि अवरुद्ध भएको छ । जसका कारण ओखलढुँगा हुँदै साँघुटार देउराली सडक खण्डका यात्रीहरु पनि अलपत्र पर्दे आएका छन् ।
रामेछाप नगरपालिका वडा नं २को देउराली र सिरुवारी खोला संगै २ र ३ को सिमाना भएर बग्ने खोलालाई थुनेर आयोजनाले माटो थुपारिदिँदा खोलाले माटो सहितको लेदोले रोपेर राखेको धान खेत नै बगाए संगै स्थानियहरु मर्कामा परेका हुन् । स्थानिय कलचुँडे खोला,देवीथान खोला,जयमुन्दे खोला र सिम्ले खोलाले किसानको धान खेत बगाउँदा करोडौका सम्पत्ति नष्ट भएको रामेछाप वडा नं ३ लक्ष्मीवासका दीपक खड्काले बताए ।
खड्काका अनुसार सडक आयोजना र निर्माण कम्पनीले खोला नै थुनेर खोला बग्ने खोल्सामा माटो जम्मा गरिँदिदा यो अवस्था आएको हो । धेरै किसानको खेत माटोले पुर्ने,बगाउने गरेको बताउँदै उनले त्यस क्षेत्रका लगभग लगभग १ हजार रोपनि भन्दा वढि धान खेत बगाएको जानकारी गराए ।
वडा नं ३ का अर्का कृषक गोविन्द श्रेष्ठले सडक आयोजनाले किसानलाई क्षतिपूर्ती दिनुपर्ने बताए । आयोजनाको लापर्वाहीकै कारण यो अवस्था आएको भन्दै यसरी विधँस भएको भन्दै यस वापत उनले क्षतिपूर्ती नपाए सवै पीडितहरु आन्दोलनमा उत्रने जानकारी पनि गराए
वडा नं २ का अर्का कृषक सरोज श्रेष्ठले पनि आयोजना र निर्माण ब्यवसायीको दादीगिरीले सर्व साधारणहरुलाई निकै मर्का परेको गुनासो गरे उनले जतिसुकै वेला पनि खोलामा भल र पहिरो आउँछ भन्ने कुरा आयोजनालाई पनि राम्रो जानकारी थियो । तर परियोजनाले ब्वस्था गरेका कारण समस्या आएको पनि श्रेष्ठले गुनासो गरे ।
वर्षादका कारण वाटोको मात्र नभएर कृषकहरुको खेतियोग्य जमिनमा समेत क्षति पुगेको वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानले बताए । अविरल वर्षाले किसानको धान फल्ने खेत नै बगाएको जानकारी पनि वडा अध्यक्ष प्रधानले बताए । आयोजनको लापर्वाहीले करडौँ मुल्यपर्ने धान खेत बगाएको पनि उनले बताए ।

आफुहरुले ईन्जिनियरको टोली नै ल्याएर अनुगमन गराएको र आयोजनालाई पत्र समेत पठाएको भन्दै उनले निरन्तरको अविरल वर्षाले झनै बढी समस्या उत्पन्न गराएको पनि स्मरण गराए । आयोजनालाई केही वर्ष अघिदेखी बारम्बार ध्यानाकर्षण गराएको भएपनि केही काम नभएको उनको भनाई छ ।

खोलले पहिरो पुआयोजनाका स्थानिय ठेकेदार जनक खड्काले क्षतिको सबै विवरण आयोजनालाई पठाइसकेको भन्दै आयोजनाबाट भने कुनै प्रतिक्रिया आईनसकेको उहाँको भनाई छ । आयोजनाको गैर प्राविधिक कर्म यात्री र यातायात साधनलाई पनि सास्ती भएको छ ।
सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि सो सडकमा गुड्ने यात्री र यातायात साधनले सास्ती खेप्नु परेको छ ।

हिउँदको सयमा धुलो र वर्षातको समयमा सडक हिलाम्मे हुँदा रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रबाट काठमाडौं आउजाउ गर्ने यातायात साधन जोखिममा पर्ने गरेका छन । ठाउँ ठाउँमा पहिरो झरेर बाटो बन्द हुँदा यात्रामा समेत कठिनाई हुने गरेको यात्रीहरुको गुनासो छ ।

भारतीय एक्जिम बैङ्क मार्फत बन्ने सो सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीले बारम्बार म्याद थप्दै लगेको छ । नेपाल सरकारले मुआब्जा वितरण नगर्दा र कतिपय भत्कीएको कामको पुन निर्माण नहुँदा काममा लापरवाहि भएकोले सबैले अफनो क्षतिको माग दावि गरेका छन् ।

Share28Tweet18Share5

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१७ श्रावण २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१७ श्रावण २०८१, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१७ श्रावण २०८१, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१७ श्रावण २०८१, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१७ श्रावण २०८१, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१७ श्रावण २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero