Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रोकिएन मन्थलीमा मोटरसाइकल चोरीका घटना  

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०८१, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
86
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप, २८ साउन  । पटक पटक प्रहरीबाटै चोरीका घटनाहरूलाई ब्यहोर्दै आएको जिल्ला सदरमुकामको मन्थली बजारले पुनः  चोरीका घटनाका  सामना गर्नु परेको छ ।  पछिल्लो समयमा विभिन्न चोरीका घटना घटी रहेको बेला रातिको समयमा पार्किङ गरी राखेको मोटर साइकलको पाट पुर्जा चोरीमा पनि प्रहरीको सम्लग्नता भेटिएको भन्ने कुरालाई त्यहाँको सिसिटिभीको फुटेजले पुष्टि गर्दा पनि प्रहरी मौन रहेको स्थानीय व्यवसायी एवं नागरिक समाजका अगुवा नारायण बस्नेतले बताउनुभयो । 

 यसभन्दा पहिला पनि एउटा मोटरसाइकल प्रहरीले नै चारी गरी पार्टपुर्जा निकालेर बेचेको घटना सार्वजनिक भएको थियो । पछिल्लो समय हराएको मोटरसाइकल पनि भेटिएको छैन । नट बोल्ट चोरी गर्ने पनि प्रहरी नै संलग्न भएको पनि बस्नेत मात्र होइन अन्य बजार बासीहरूको पनि आरोप रहेको  रहेको छ ।गत असार २० गते मध्यरात मन्थली बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल चोरी भएकोमा उक्त मोटर साइकलका बारेमा अहिले सम्म पनि प्रहरी बेखवर छ  । 

करिब एक महिना अघि बागमती प्रदेश ०२–०४५ प ५५७३ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरीको घटना सेलाउन नपाउँदै पुनः मन्थली बजार क्षेत्रका विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकलका  नट बोल्ट हरु रातिको समयमा चोरिने र पत्ता नलाग्ने जस्ता घटना हरूबाट मन्थली वासीहरूले आफूलाई असुरक्षित महसुस गरेको पनि  बस्नेतले बताउनुभयो । 

रातिको समयमा पार्किङ गरेको ठाउँबाट  केही दिन अगाडि मात्रै मन्थली स्थित रेडक्रस लाइनमा पार्किङमा राखिएको बा७४ प ३१२ नम्बरको एफजेट मोटरसाइकलको ह्यान्डलको दुई वटा नट बोल्ड चोरी भयो । उक्त घटनालाई  पनि प्रहरीले सार्वजनिक गरेको छैन । यो घटना सँगै  पार्किङमा राखिएको बा.प्रदेश–०२–०४४ प७५५० नम्बरको एफजेट भि–२ मोटरसाइकलको पनि रातको समयमा ह्यान्डलको दुई वटा नट बोल्ड नै चोरी भयो र यो घटनाको पनि अहिले सम्म दोषी पत्ता नलाग्नु पनि दुखद कुरा भएको स्थानीय हरुको भनाई रहेको छ  ।  

 मोटर साइकलको चोरीबाट हौसिएका हरू वा अरू कुनै समूह विशेषले एक पछि अर्को गर्दे गर्ने गरेको चोरीका घटनाले मन्थली बजारमा करोडौँका लगानीमा राखिएको सिसी क्यामरालाई गिज्याएको छ भने पुलिस प्रति पनि उक्त घटनाले सर्व साधारणको अविश्वास बढाएको छ ।यस बाहेकका अन्य एक दुई वटा यस्ता मोटरसाइकलका पनि नट बोल्ड चोरी भएको  स्थानीयहरू बताउँछन्   

 मन्थली बजार बासीहरू अहिले पार्किङ गरेर राखिएका मोटरसाइकल तथा पार्ट पुर्जाहरू चोरी हुने हो कि भन्ने त्रासमा रात बिताई रहेका छन् । यस्ता घटनाहरू दिनानुदिन दिन बढिरहेको भए पनि प्रहरीले चोरीमा संलग्नहरूको पहिचान गरी कारबाही गर्न नसक्नुले सुरक्षा व्यवस्थामा प्रश्न उठेको  छ ।

तर यसमा प्रहरीले आवश्यक अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाएर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।जनताको जनधनको सुरक्षार्थ खटिएका प्रहरी नै यस्ता घटनामा संलग्न भएको घटनालाई प्रहरी स्वयंले छिपाउनु भनेको  र्दुभाग्यपुर्ण कुरा हो ।”

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले अहिले प्रहरीले चोरीका घटना हुन नदिन तथा चोरी गर्नेको पहिचानका लागि मन्थली बजारमा विशेष निगरानी बढाएको बताउनुभयो । उहाँले मोटरसाइकल लगायत अन्य चोरीका घटना हुन नदिन रातको समयमा प्रहरीको नियमित गस्ती बढाउनुका साथै मन्थली बजार क्षेत्रमा मदन आश्रित चोक क्षेत्र र बसपार्क र एयरपोर्ट हेर्ने गरी २वटा प्रहरी पोस्ट थप गरिएको जानकारी पनि दिनुभयो । 

असार २० गते हराएको मोटरसाइकलको प्रहरीले खोज कार्य जारी राखेको र “चोरी भएको मोटरसाइकल फेला पार्न प्रहरीले सिसिटिभी फुटेज हेरेर धेरै प्रयास गरिरहेको र त्यसका लागि आवश्यक अनुसन्धान सहित खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

मोटरसाइकलको नट बोल्ड चोरी भएको सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नै रहेको पाइएपछि घटनामा संलग्न  प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस भई पठाउने तयारी भइरहेको डिएसपी सिंहले बताउनुभयो । 

Share34Tweet22Share6

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ श्रावण २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२८ श्रावण २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२८ श्रावण २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२८ श्रावण २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२८ श्रावण २०८१, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२८ श्रावण २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero