रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछाप फोहोर मुक्त मन्थली अभियान सुरु गरेको छ । उसले समाजको शान्ति सुरक्षा र अमन चयनको जिम्मेवारी सँगै प्रत्येक शुक्रवार अनिवार्य सरसफाइको सोमबार अनिवार्य रूपमा बजार सरसफाइको कामको आरम्भ गरेको हो ।
जस अन्तरगत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहको नेतृत्वमा सशस्त्र प्रहरी बल र स्थानीयहरूको समेतको सहयोगमा शुक्रवार मन्थली नगरपालिका–१ को मदन आश्रित चोकबाट भैशेश्वर हुँदै थापा चोकसम्मको मुख्य सडकको सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सरसफाइ अभियानमा स्थानीयको अलावा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष र रामेछाप उद्योग वाणिज्य सङ्घ सशस्त्र प्रहरी रामेछाप समेतको सहभागितामा शुक्रवार बिहान ६ बजेदेखि ८ बजे सम्म मदन आश्रित चोकदेखि भैशेश्वर हुँदै थापा चोकसम्म सडक सरसफाइ गरेको वडा अध्यक्ष रामहरि पौडेलले जानकारी गराए ।
हालका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंह रामेछापको आगमन सँगै विभिन्न सरोकारवाला संस्था हरू समेतलाई सहभागिता गराएर प्रहरीले आफ्ना नियमित जिम्मेवारीसँगै सरसफाइ र वातावरण संरक्षणका क्षेत्रमा पनि सक्रियता देखाएको पनि अध्यक्ष पौडेलले जानकारी गराए ।
सर सफाइका क्रममा मदन आश्रित चोकदेखि भैशेश्वर हुँदै थापा चोकसम्मको मुख्य सडकमा सवारी आवागमनलाई अवरोध सिर्जना गर्ने रुख बिरुवा तथा झाडीहरू फडानी तथा सडक बाटोमा रहेको मानव निर्मित फोहोरहरूको व्यवस्थापन गरिएको छ ।
अभियान सँगै त्यसका लागि जन चेतनामूलक सूचना दिनुका साथै बजार बासीहरूलाई सचेतना पनि दिलाएको छ । टोलीले सडकमा जथाभाबी फालिएका फोहोर मैलाको व्यवस्थापनसँगै आ–आफ्नो व्यवसाय अगाडी फोहोर राख्ने डस्बीन अनिवार्य राख्न पनि व्यवसायीहरूलाई आग्रह र्ने गरेको छ । बजार ,नगर र स्थानीयहरूको सुन्दरता सँगै वातावरणीय हिसाबले पनि यसको संरक्षण गर्नका लागि पनि प्रहरीले साप्ताहिक रूपमा यो कार्यलार्य निरन्तरता दिँदै आएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बताउनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया