रामेछाप । मन्थली नगरपालिका वडा नं १३ स्थित मिल्ती खोलामा आएको बाढीले त्यहाँका ५ वटा पसल राखिएका टहरा बगाएको छ भने उक्त टहरा बगाउँदा करिब २० लाख भन्दा बढीको क्षति भएको छ ।
रामेछाप र दोलखा जिल्लाको सिमानामा रहेको मिल्ती खोलामा आएको अविरल वर्षा पछिको बाढीले २० लाख भन्दा बढीको क्षति पुगेको छ । शनिवार राति आएको बाढीले युवराज खत्री, सरोज तामाङ, विकास मगर, गणेश खड्का, देवेन्द्र मगरको घर टहरा र टहरा भित्रको सामान सहित बगाएको वडा अध्यक्ष नवराज थापा मगरले जानकारी दिनु भएको छ ।
रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाले कपडा पसल र किराना पसलको सामाग्री बगाउँदा २० लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका १३ मा रहेको देवेन्द्र मगरको ३ लाख, गणेश खड्काको ६ लाख , विकास मगरको ४ लाख ५० हजार, युवराज खत्रीको ५ लाख ७५ हजार गरी र , सरोज तामाङको सहित २० लाख भन्दा बढीको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रातिको समयमा आएको बाढीको कारण अवरुद्ध चरिकोट मन्थली सडक खण्ड पनि बिहानै देखि खुल्नुका साथै यातायात सेवामा पनि सहजता आएको प्रहरीले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया