Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप अस्पतालमा भएको शिविरमा ४० जनाको निःशुल्क शल्यक्रिया ४ सय बढिले लिए सेवा

नेपाल अभियान नेपाल अभियान
१६ भाद्र २०८१, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
14
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप अस्पताल रामेछापमा ३ दिन चलेको शिविरमा ४० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ वरिष्ठ हाड जोर्नी विशेषज्ञहरूबाट सेवा प्रदान गरिएको उक्त शिविरमा ४ सय २० जनाले सेवा लिएका छन् ।

यही भदौ १३,१४ र १५ गते सञ्चालन भएको शिविरमा १३ गते १५ जनाको शल्यक्रिया,१४ गते १५ जनाको शल्यक्रिया र १५ गते १० जनाको शल्यक्रिया गरिएको हो । रामेछाप अस्पतालमा पहिलो पटक शल्यक्रिया सहितको यति ठुलो शिविर सञ्चालन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले बताउनुभयो ।

नेपाल अर्थोपेडिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डाक्टर युवराज खरेल नेतृत्वको १६ जनाको टिमले शिविरमा सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । घुँडा खिइएका ८० जनाको सुई(स्टेरोइड) लगाइएको उहाँले बताउनुभयो ।

रामेछाप अस्पतालले महिनामा १ पटक पेट तथा कलेजो रोग विशेषज्ञ सेवा,मानसिक तथा नशा रोग विशेषज्ञ सेवा,नाक,कान,घाँटी,हाड जोर्नी विशेषज्ञ सेवा र मुटु रोग विशेषज्ञ लगायत विभिन्न सेवाहरू थप हुने क्रममा रहेको निमित्त मेसु डा.श्रेष्ठले बताउनुभयो ।

खुट्टाको पैतला फर्किएको,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृतिजन्य समस्याहरू,हात वा खुट्टा भाँचिएको,हात वा खुट्टा बाङ्गिएर जोडिएको,भाँचिएको पाता वा खुट्टा भाँचिएको वा किला राखिएको,हातमा आगोले पोलेको,हाट खुट्टामा भएको गाँठा गुँठीहरु निकाल्ने लगायतको सेवाहरू प्रदान गरिएको हो ।

नेपाल अर्थोपेडिक अस्पतालले शल्यक्रिया तथा बिरामीको परीक्षणको लागी सबै उपकरणहरू अस्पतालमै ल्याएर परीक्षण गरिएको थियो । शिविरमा रामेछाप,दोलखा,सिन्धुली लगायत विभिन्न जिल्लाका बिरामीहरूले सेवा लिएका छन् ।

Share6Tweet4Share1

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ भाद्र २०८१, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ भाद्र २०८१, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ भाद्र २०८१, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ भाद्र २०८१, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ भाद्र २०८१, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ भाद्र २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero