Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

यस वर्षको संविधान दिवस  भव्य रूपमा मनाइने   

नेपाल अभियान नेपाल अभियान
२८ भाद्र २०८१, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २८ भदौ । जिल्ला मूल समारोह समिति रामेछापको शुक्रवार समन्वय समितिमा सम्पन्न मुख्य सरोकारवाला हरूको बैठकले यस वर्षको सँविधन दिवसलाई  भव्य  साथ मनाउने निर्णय गरेको छ । बैठकले संविधान दिवसलाई साझा दिवसको रूपमा मनाउनका लागि गर्न सकिने प्रयासका बारेमा पनि गहिरिएर छलफल गरेको थियो । 

२०७२ साल असोज ३ गते संविधान जारी भएको सम्झनामा प्रत्येक वर्ष संविधान दिवसका रूपमा  मनाइँदै आएको उक्त कार्यक्रम गत वर्ष भव्य रूपमा भएको समीक्षा गर्दे यस वर्ष पनि   विभिन्न रचनात्मक कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।

 शुक्रवार बिहान समन्वय प्रमुख चिना खड्का (कार्की)को अध्यक्षतामा बसेको अधिकांश तोकिएका सरोकारवाला सहितको बैठकमा  मन्थली र रामेछाप नगरपालिकाका प्रमुखहरू क्रमशः लव श्रेष्ठ र लव श्री न्यौपानेले पनि को  पनि सहभागिता रहेको थियो । 

 बैठकले समाजका सबै तह र वर्गका व्यक्तिहरूमा संविधान प्रतिको अपनत्व कायम गराउनुका साथै मावि तहका विद्यार्थीहरूमा  संविधान प्रतिको बुझाइमा स्पष्टता ल्याउन सकियोस् भन्नका खातिर सबै स्थानीय तहहरूले आफ्नो स्थानीय तह विशेष विषयमा केन्द्रित भई विद्यालय स्तरमा अन्तरक्रिया, वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गर्ने गराउने निर्णय गरेको छ ।

त्यसैगरि बैठकले नेपाल पत्रकार महासङ्घ रामेछाप र नेपाल वार एसोसिएसन सँगको संयोजनमा भदौ २ गते वर्तमान संविधान दायित्व र चुनौतीका विषयमा सरोकारवाला हरू समेतको रोहबरमा विचार गोष्ठी सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै  जिल्ला खेलकुद विकास समितिको संयोजनमा विभिन्न विधा र उमेर समूह निर्माण गरी  गरी मैत्रीपूर्ण भलिबल र म्युजिकल चियर सञ्चालन गर्ने र  १६ वर्ष मुनीको वाल बालिकाहरूका लागि  फुटबल खेल आयोजना गरी मनाउने निर्णय गरेका हो 

त्यस्तै बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म जिल्लाका सबै कार्यालय र आमनागरिकहरुको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र तीन साँझ   दीप प्रज्वलन गर्न पनि आग्रह गरेको छ । 

त्यस्तै सोही  अवसर पारेर  नेपाल रेडक्रस सोसाइटिको संयोजन र अगुवाइमा  भदौ ३१ गते सोमबार  बिहान जिल्ला समन्वयको प्राङ्गण रक्तदान कार्यक्रम को आयोजना गर्ने सम्मको निर्णय भएको जानकारी पनि समन्वय समितिले गराएको छ ।   

Share12Tweet8Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ भाद्र २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२८ भाद्र २०८१, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२८ भाद्र २०८१, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२८ भाद्र २०८१, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२८ भाद्र २०८१, शुक्रबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२८ भाद्र २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero