रामेछाप २८ भदौ । जिल्ला मूल समारोह समिति रामेछापको शुक्रवार समन्वय समितिमा सम्पन्न मुख्य सरोकारवाला हरूको बैठकले यस वर्षको सँविधन दिवसलाई भव्य साथ मनाउने निर्णय गरेको छ । बैठकले संविधान दिवसलाई साझा दिवसको रूपमा मनाउनका लागि गर्न सकिने प्रयासका बारेमा पनि गहिरिएर छलफल गरेको थियो ।
२०७२ साल असोज ३ गते संविधान जारी भएको सम्झनामा प्रत्येक वर्ष संविधान दिवसका रूपमा मनाइँदै आएको उक्त कार्यक्रम गत वर्ष भव्य रूपमा भएको समीक्षा गर्दे यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।
शुक्रवार बिहान समन्वय प्रमुख चिना खड्का (कार्की)को अध्यक्षतामा बसेको अधिकांश तोकिएका सरोकारवाला सहितको बैठकमा मन्थली र रामेछाप नगरपालिकाका प्रमुखहरू क्रमशः लव श्रेष्ठ र लव श्री न्यौपानेले पनि को पनि सहभागिता रहेको थियो ।

बैठकले समाजका सबै तह र वर्गका व्यक्तिहरूमा संविधान प्रतिको अपनत्व कायम गराउनुका साथै मावि तहका विद्यार्थीहरूमा संविधान प्रतिको बुझाइमा स्पष्टता ल्याउन सकियोस् भन्नका खातिर सबै स्थानीय तहहरूले आफ्नो स्थानीय तह विशेष विषयमा केन्द्रित भई विद्यालय स्तरमा अन्तरक्रिया, वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गर्ने गराउने निर्णय गरेको छ ।
त्यसैगरि बैठकले नेपाल पत्रकार महासङ्घ रामेछाप र नेपाल वार एसोसिएसन सँगको संयोजनमा भदौ २ गते वर्तमान संविधान दायित्व र चुनौतीका विषयमा सरोकारवाला हरू समेतको रोहबरमा विचार गोष्ठी सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै जिल्ला खेलकुद विकास समितिको संयोजनमा विभिन्न विधा र उमेर समूह निर्माण गरी गरी मैत्रीपूर्ण भलिबल र म्युजिकल चियर सञ्चालन गर्ने र १६ वर्ष मुनीको वाल बालिकाहरूका लागि फुटबल खेल आयोजना गरी मनाउने निर्णय गरेका हो
त्यस्तै बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म जिल्लाका सबै कार्यालय र आमनागरिकहरुको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र तीन साँझ दीप प्रज्वलन गर्न पनि आग्रह गरेको छ ।
त्यस्तै सोही अवसर पारेर नेपाल रेडक्रस सोसाइटिको संयोजन र अगुवाइमा भदौ ३१ गते सोमबार बिहान जिल्ला समन्वयको प्राङ्गण रक्तदान कार्यक्रम को आयोजना गर्ने सम्मको निर्णय भएको जानकारी पनि समन्वय समितिले गराएको छ ।
यो बारेमा तपाईको प्रतिकृया