Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भैसेश्वरमा लगाइएको सप्ताह उत्साहका साथ सकियो 

नेपाल अभियान नेपाल अभियान
२९ भाद्र २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २८ भदौ । मन्थली नगरपालिका वडा नं १ को भैसेश्वर स्थित चन्द्रशेखरेश्वर मन्दिर प्राङ्गणमा लगाइएको श्रीमद् भागवत पुराण निर्विवाद तरिकाले सकिएको छ । भदौ २० देखि २७ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति शिव शक्ति कल्याणी आश्रम योग ध्यान केन्द्रको आयोजनामा उक्त ज्ञान महायज्ञ लगाइएको हो ।

श्री शिव शक्ति कल्याणी केन्द्र मन्थलीकी प्रमुख  सरस्वती घिमिरे समेतको अगुवाइमा आयोजना गरिएको  उक्त ज्ञान महायज्ञमा कथा वाचनका लागि वृन्दावन धामका पण्डित ,बौद्धिक व्यक्तित्व प्रखर कथा वाचक  राधा शरण महाराज लाई आमन्त्रण गरिएको थियो । सात दिन सम्म लगाइएको सप्ताह महायज्ञमा दैनिक ठुलो सङ्ख्यामा भक्तजनहरू सहभागी भएर रुचिपूर्वक कथा श्रवण गरेका थिए । कथा वाचनका क्रममा सांस्कृतिक टोलीको पनि उत्कृष्ट प्रस्तुति रहेको थियो भने स्थानीयहरूले पनि कार्यक्रममा साथ दिएका थिए । 

कसै सँगै अनिवार्य चन्दा तथा सहयोग समेत आव्हान नगरी लगाइएको भए पनि सप्ताह महायज्ञमा भक्तजनहरूबाट स्वतःस्फूर्त रूपमा पौने २ लाख रुपैयाँ जति सहयोग र भेटी रकम उठेको थियो । सप्ताह सुरु हुनु अघि अधिकांश मानिसहरू सकारात्मक नभएको भए पनि समापनको दिन सम्म पाएको सबैको सहयोग र समर्थनले मूल आयोजक पक्ष पनि उत्साहित भएको थियो ।   

कथा पारायण तथा उप वाचक भने मूल आयोजक समितिका अध्यक्ष  पण्डित योगेन्द्र राज न्यौपाने रहनु भएको थियो । उहाँले कथा वाचक पण्डित   राधा शरण महाराज सँगै रहेर कथा पारायण गर्नु भएको थियो । आम नागरिक तथा भक्तजनहरूको उल्लेख्य सहभागिताका बिचमा समापन भएको सप्ताहका क्रममा कथा वाचनका क्रममा  मन्थलीमा आएका पण्डित मध्य सबै भन्दा विद्धान र सिद्धहस्त पण्डित भएको र सप्ताह पनि उत्कृष्ट र कर्णपृय रहेको  स्थानीय हरुले बताएका  छन् ।  

Share24Tweet15Share4

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२९ भाद्र २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२९ भाद्र २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२९ भाद्र २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२९ भाद्र २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ भाद्र २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२९ भाद्र २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero