Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा ६९ प्रहरी दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो 

नेपाल अभियान नेपाल अभियान
३० आश्विन २०८१, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
35
SHARES
Share on FacebookShare on Twitter

 
 
 रामेछाप ३० असोज  । जिल्ला प्रहरी कार्यालय रामेछापले ६९ औँ प्रहरी दिवस   विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बुधवार   जिल्ला प्रहरी कार्यालय रामेछापले विशेष कार्यक्रम आयोजना गरी प्रहरी दिवस मनाएको हो   । 
बिहानको पहिलो सत्रमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको उपस्थितिमा गरिएको कार्यक्रममा अमर सहिदहरू प्रति श्रद्धान्जलि दिएर दिवस मनाइएको थियो । त्यसैगरि कार्यक्रमको दोस्रो सत्र भने औपचारिक कार्यक्रमका बिच भएको थियो । उक्त औपचारिक कार्यक्रम प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर  थापाको प्रमुख आतिथ्ययतामा कार्यक्रम गरिएको  थियो । 
जिल्ला भरिका सबै गाउँपालिकाका प्रमुख उप प्रमुख वडा अध्यक्ष लगायतका जन प्रतिनिधि ,नेपाल पत्रकार महासङ्घ लगायत स्थानीय सञ्चार माध्यमका प्रतिनिधि र जिल्ला  स्थित नागरिक सङ्घ संस्था सरकारी कार्यालयका प्रमुख र भूत पूर्व प्रहरी सङ्गठन र अमर प्रहरी परिवार समेतलाई आमन्त्रण गरी दिवसलाई भव्य र सभ्य बनाउने प्रयत्न प्रहरी कार्यालयले गरेको थियो । 
 कार्यक्रमको आरम्भमा प्रमुख अतिथि थापालाई प्रहरीको एक टुकडीले सम्मान गारत अवर्ण गरेको थियो । सम्मान गारत अर्पण पछि दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरू मध्य प्रहरी निरीक्षक विश्व नाथ यादव लगायतका आधा दर्जन  कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।  त्यसैगरि दिवसका अवसरमा  सञ्चालन गरिएको विभिन्न खेल विधामा उत्कृष्ट खेल खेलेर  विजयी हुने  प्रहरी कर्मचारीहरूलाई पनि  पुरस्कृत गरिएको थियो  ।  त्यसै गरी कार्यक्रमका अवसरमा समाजको शान्ति सुरक्षा अमन चयन कायम र प्रहरीको सेवा प्रवाहमा उत्कृष्ट र सकारात्मक सहयोग गरेको भन्दै नागरिक स्तरका  विभिन्न संस्थाहरूलाई पनि  प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रशंसा पत्र पाउने हरूमा नेपाल पत्रकार महाँसंघ,रामेछाप उद्योग वाणिज्य सङ्घ,मन्थली अस्पताल,सामुदायिक प्रहरी,भूत पूर्व प्रहरी सङ्गठन र शान्तिद्धिप  युवा कल्व लगायतका संस्थाहरू रहेका छन् । 
 
कार्यक्रममा   प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर थापाले नेपाल प्रहरीले शान्ति सुरक्षा अमन चयनमा खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । उहाँले सीमित   स्रोत र जनशक्तिका  बिच पनि प्रहरीले अनुकरणीय काम गरेको भन्दै त्यसका लागि सिङ्गो सङ्गठन र त्यसको नेतृत्वलाई धन्यवाद पनि दिनु भयो ।  सो अवसरमा गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले प्रहरीको विश्वासमा राज्य र समाज टिकेको भन्दै प्रहरीका हरेक सदस्य हरुले संवेदनशील र ईमान्दार भएर काम गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो  । 

कार्यक्रमका अवसरमा रामेछाप नगरपालिका उपप्रमुख बालाकुमारी कार्कीले मुस्कान सहितको सेवा प्रवाहमा लागेको प्रहरीले नागरिकसँगको सम्बन्धलाई थप समन्वयी बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले नागरिकको शान्ति सुरक्षा अमन चयनको संस्थागत विकासका  लागि पनि  प्रहरीको भूमिका अहम् हुने भएकाले यसमा सबै क्षेत्रको सहयोग भने आवश्यक पर्नै धारणा पनि व्यक्त गर्नु भयो ।  
औपचारिक कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले प्रहरीले समाजको शान्ति सुरक्षा अमन चयन  र विपद्को समयमा खेलेको भूमिकाको प्रशंसा गर्दे उसले आफूलाई थप जिम्मेवार भएर समाजमा भूमिका निर्वाह गर्न पनि आग्रह गर्नु भयो । उहाँले प्रहरीको सफलतामा समाजका सबै क्षेत्रको भूमिका जोडिएकोले यसका लागि  सबै क्षेत्रलाई   सहयोग गर्न आग्रह गर्नु भयो । सो अवसरमा  वहाँले कानुन हातमा लिएर हिँड्ने छुट कसैलाई पनि नभएको भन्दै  नागरिकको सुरक्षा र मानव अधिकार संरक्षणको कुरामा कुनै सम्झौता नगरी काम गर्न पनि  प्रहरी सङ्गठनलाई निर्देशन दिनु भयो । 
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिँदै नेपाल पत्रकार महांसँघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले नागरिकको सुरक्षामा प्रहरीले खेलेको भूमिका उत्कृष्ट रहेको भन्दै यसका लागि प्रशासन,जन प्रतिनिधि र नागरिक समाजको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकोले सबै क्षेत्रलाई यो अभियानमा जिम्मेवार भएर लाग्न पनि आग्रह गर्नु हुँदै आफ्नो संस्था नेपाल पत्रकार महाँसघलाई पनि प्रशंसा पत्र प्रदान गरेकोमा नेपाल प्रहरी परिवारलाई धन्यवाद पनि दिनु  भएको थियो ।  सो अवसरमा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न सबैको समान भूमिका हुने भन्दै यसकालागि प्रहरीलाई समाजको सबै क्षेत्रको सहयोग आवश्यक पर्ने भन्दै प्रहरीले आफना भूमिकालाई थप क्रियाशील र मजवुुद बनाउँदै अघि बढ्नु  पर्ने धारणा राख्नु भयो  । 
दिवसका अवसरमा प्रहरी निरीक्षक कौशल न्यौपानेले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले प्रहरी महानिरीक्षकले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाउनुभएको  थियो । 

Share14Tweet9Share2

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

३० आश्विन २०८१, बुधबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

३० आश्विन २०८१, बुधबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

३० आश्विन २०८१, बुधबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

३० आश्विन २०८१, बुधबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

३० आश्विन २०८१, बुधबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

३० आश्विन २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.