Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नागरिकलाई अनुभूति हुने गरी काम गर्न  सरोकारवालाहरूको आग्रह 

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० कार्तिक २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
14
SHARES
Share on FacebookShare on Twitter

  रामेछाप ९ कात्तिक । शुक्रवार सकिएको  जिल्ला समन्वय समिति रामेछापको वार्षिक प्रगति समीक्षाका सहभागी सरोकारवाला हरूले सरकारी  कामको तरिकामा परिवर्तन नहुँदा नागरिकहरूको गुनासो बढ्दै गएको भन्दै काम गराइको तरिकामा परिवर्तन गर्नु पर्ने कुरामा जोड दिएका छन् ।   
  आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा सहभागी रहेका जिल्लाका मुख्य सरोकारवाला राजनीतिक दल र जिल्लाका जन प्रतिनिधिहरूले सरकारी काम गराइको तरिका पुरातन वादी भएको भन्दै पुरातन वादी कार्यशैलीका कारण नागरिकहरूबाट आवश्यकता भन्दा बढी गुनासो आई रहेको भन्दै यसको कार्यशैलीलाई  परिवर्तन गर्न पनि सुझाव दिएका छन् ।
सबै सरकारी कार्यालयको प्रस्तुति कर्मकाण्डी मात्र भएको र  उनीहरूले  प्रस्तुत गरेका  प्रगति विवरण विधि पुर्‍याएर प्रस्तुत गर्ने गरेको भए पनि प्रस्तुतिमा नयाँ र परिवर्तन गामी खालका कुरा नदेखिने गरेको भन्दै यस खालको प्रस्तुति र कार्यशैलीमा समेत सुधारेर नयाँ सिराबाट  अघि बढ्न पनि उनीहरूले स्थानीय निकाय र अन्य सरकारी कार्यालयहरूलाई सुझाव दिएका थिए । 
कार्यक्रमका सबै जसो सहभागी सरोकारवाला हरूले दिएको सुझाव र आएका गुनासाहरू एकै किसिमको रहेका थिए । सुझाव दिनेहरूमा बागमती प्रदेश वन तथा वातावरण समितिका सभापति माननीय आनन्द कुमार श्रेष्ठ,पूर्व माननीय शान्ति प्रसाद पौडेल,जिल्ला समन्वय समितिका पूर्व प्रमुख प्रेम बहादुर खड्का नेकाका कार्य वाहक सभापति लेख बहादुर कार्की, नेकपा एमालेका अध्यक्ष पुरुषोत्तम कडरिया,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे,गैर सरकारी संस्था महासङ्घका  अध्यक्ष रत्न कँडेल लगायत रहेका थिए । 
आफ्नो मन्तव्य राख्ने क्रममा उनीहरूले सबै जसो सरकारी कार्यालयले गर्ने काममा तालमेल नभएको र भए गरेका कामहरू पनि पुरानै ढर्रामा हुँदा पछिल्लो समयमा नागरिकहरूको गुनासो अत्यधिक रूपमा बढेको भन्दै   अबको समीक्षालाई परिणाम मुखी बनाउनका लागि अहिलेबाटै तयारीमा लाग्न पनि सुझाएका थिए ।  
 ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को  प्रमुख आतिथ्य तामा भएको उक्त समीक्षामा  जिल्ला स्थित सबै तहका जन प्रतिनिधि,जिल्ला स्थित राजनीतिक दलका प्रमुख र प्रतिनिधि प्रजिअ लगायत सबै सरकारी कार्यालयका प्रमुख,नागरिक समाजका अग्रणी संस्थाहरू समेतलाई आमन्त्रण गरी शुक्रवार समन्वयले समीक्षा सकेको हो ।
 कार्यक्रमका अवसरमा प्रजिअ राजु पौडेलले सरकारी कार्यालय हरूले पारदर्शी भएर नागरिकहरूले परिवर्तनको अनुभूति हुने गरी काम गर्नु पर्नै र त्यसका लागि आफूले गर्नै सहयोगमा कुनै पनि कमी हुन नदिने विश्वास पनि दिलाए ।  
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तामाङले जिल्लाको  विकासमा आफूले सबै पक्ष सँग मिलेर जान चाहेको भन्दै सबैलाई आफ्नो अभियानमा सहयोग गर्न पनि आग्रह गरेका थिए । सो क्रममा उनले आफू मन्त्री पदमा रहँदा ल्याउने बजेट र जिल्लाको विकासको सवालहरूमा  सबै राजनीतिक दल सँगै सांसद र स्थानीय निकायका प्रमुखहरू र उप प्रमुख हरू सँग समेत सल्लाह गरेर मात्र अघि बढ्ने आश्वासन पनि दिए । उनले आफूलाई नागरिकले  जिल्लाको विकासकै लागि भारी मतले जिताएर पठाएको भन्दै उनीहरूले दिएको मतको आफूले कदर गरेरै छाड्ने प्रतिबद्धता पनि मन्त्री तामाङले व्यक्त गरे ।
 
    बेलुकी अबेर सम्म चलेको समीक्षा कार्यक्रममा जिल्लाका ८वटा स्थानीय तह र सबै विषयगत कार्यालय हरूले आर्थिक वर्ष २०८०÷०८१ मा आफ्नो कार्यालयले गरेको प्रगतिको विवरण प्रस्तुत गरेका थिए । 
कार्यक्रममा   संस्थागत क्षमता स्वमूल्याङ्कन ‘लिजा’मा जिल्ला भरिबाट राम्रो नतिजा ल्याउने २ वटा  स्थानीय निकाय  मन्थली नगरपालिका र सुनापति गाउँपालिकालाई पनि सम्मानित गरिएको थियो । त्यसै गरी   स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफ्आरए) मा जिल्ला कै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उमा कुण्ड गाउँपालिका (८५ अङ्क) र मन्थली नगरपालिका (८३.५ अङ्क) प्राप्त गर्ने लाई पनि  समन्वय समितिले प्रमुख अतिथि तामाङको   हातबाट  सम्मान गरेको थियो  । उनीहरूलाई अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा राम्रो नतिजा ल्याएको आधारमा सम्मान गरिएको समन्वयले उल्लेख गरेको छ । 
 
कार्यक्रमकी अध्यक्ष समेत रहेकी समन्वय प्रमुख चिना खड्का (कार्की)ले प्रमुख अतिथि,अतिथि र सबै सहभागीहरूलाई स्वागत गर्दे  जिल्लाको समग्र विकासमा समन्वय समितिको कुनै पनि हात नहुने भए पनि समीक्षा बैठकमा उठेका कुरालाई व्यवहारिक रूप दिएर नागरिकहरूमा परिवर्तनको अनुभूति हुने गरी काम गर्न का लागि पनि सबैलाई आग्रह गरिन् । उनले सम्मानित भएका पालिकाहरूलाई बधाई तथा शुभकामना दिँदै  आगामी दिनमा पनि यो नतिजालाई थप सुधार गरेर काम गर्न पनि सबै स्थानीय निकायहरू र सरकारी कार्यालय हरू सँग अनुरोध गरेकी थिईन्् ।

Share6Tweet4Share1

Related Posts

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित
शिक्षा

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित

१० कार्तिक २०८१, शनिबार
राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण
समाचार

२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने
देश

मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा
देश

मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा

१० कार्तिक २०८१, शनिबार
नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापमा उदाश

मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.