Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनापति गाउँपालिकाले  सक्यो सार्वजनिक सुुनुवाई

नेपाल अभियान नेपाल अभियान
८ मंसिर २०८१, शनिबार
in देश, प्रदेश नं ३, स्थानीय सरकार
0
18
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप ८ मङ्सिर  । जिल्लाको सुनापति गाउँपालिकाले पहिलो चौमासिक कार्यक्रमको समीक्षा गरेको छ । शुक्रवार उसले स्थानीयहरूको अलावा जिल्लाका सरोकारवालाहरू समेतलाई उपस्थित गराएर पहिलो  चालु आर्थिक वर्ष २०८१÷०८२ को समीक्षा गरेको हो । सो अवसरमा 

उसले वडा नं २को बेथान स्थित वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत चालु आवको चार महिनामा  जम्मा बजेटको १२.८३ प्रतिशत मात्रै खर्च गर्न सकेको जानकारी गराएको  छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्मको प्रगति विवरण पेस गर्दे पालिकामा  जम्मा ५६ करोड ९० लाख ५२ हजार रुपैयाँ रहेकोमा चार महिनाको अवधिमा १२.८३ प्रतिशत अर्थात् ७ करोड ३ लाख ४१ हजार १६४.७७ पैसा खर्च गरेको जानकारी गराउनु भएको थियो  ।

त्यसैगरि प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ द्वारा प्रस्तुत प्रतिवेदनमा  यो अवधिसम्म आई पुग्दा  चालु तर्फ ३७ करोड ५९ खाल १५ हजार ८०० रुपैयाँ बजेट रहेकोमा १८.४४ प्रतिशत अर्थात् ६ करोड ९३ खाल २७ हजार ९१६.७७ रुपैयाँ बजेट खर्च भएको छ । त्यसै गरी पुँजीगत तर्फ १९ करोड ३१ लाख ३६ हजार २०० रुपियाँ बजेट रहेकोमा १.९२ प्रतिशत अर्थात् ३७ लाख १३ हजार २४८ रुपियाँ बजेट खर्च भएको कुरा उल्लेख गरिएको छ । यो वर्ष गाउँपालिकाले ४५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा पहिलो चौमासिकसम्म लक्ष्यको २९.८८ प्रतिशत अर्थात् १३ लाख ४४ हजार ६००२ रुपैयाँ आम्दानी गर्न सफल  भएको जानकारी पनि सो अवसरमा गराइएको थियो । 

  चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७५ वटा भन्दा बढी योजनाहरू उपभोक्ता समिति मार्फत सम्पन्न हुनुपर्नेमा कात्तिक मसान्तसम्म ३२ वटा योजनाको उपभोक्ता समिति बनेका र २ वटा योजनाकोमात्र  सम्झौता भएको जानकारी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफ्नो प्रगति विवरणमा उल्लेख गर्नु भएको छ । 

कार्यक्रममा सहभागीहरूको सङ्ख्या उल्लेख्य रूपमा रहेको भए पनि अडियो रेकडबाट स्थानीय हरूले बोलेको आवाज र रास्वपाका पालिका प्रतिनिधि लगायतका वक्ताहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, महिला विकास र कृषि क्षेत्रको विकासमा पालिकाले गरेको र गर्ने कार्यक्रमको बारेमा कुरा उठान गरेका थिए  ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको जबाफदेही वक्ताका रूपमा  गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ र वडा अध्यक्षहरूले सहभागिता जनाउनु भएको थियो । 

 सो अवसरमा  गाउँपालिका अध्यक्ष तामाङले समृद्ध र सुखी सुनापति ः कृषि पर्यटन हाम्रो सम्पत्ति भन्ने नारालाई साकार पार्ने अभियानमा पालिकाको पुरा टिम लागेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भएको थियो  । उहाँले  सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूबाट पाएको हार्दिकता र मायाले पालिकाको विकास र सुशासनको कार्यान्वयनमा आफूहरूलाई उत्साहित बनाएको बताउनु भयो । उहाँले यसका लागि आफूले  कसै सँगै पनि सम्झौता गर्न नसक्ने भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुणस्तर परीक्षण नतिजा अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रामेछापका आठ पालिकामध्ये सुनापति गाउँपालिका दोस्रो स्थानमा रहेबाट पनि सो कुरलाई पुष्टि गरेको जानकारी गराउनु भएको थियो ।  

प्रहार मिडिया प्रालि रामेछापको सहजिकरणमा चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म गाउँपालिकाबाट सञ्चालन भएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा   सार्वजनिक सुनुवाइ कार्यक्रम सँचालन गरिएको  हो । दिनभर जस्तै चलेको सार्वजनिक सुनुवाइ कार्यक्रममा  सहभागी हरूले भने सेवाका क्रममा स्थानीय जन प्रतिनिधिहरूबाट सेवाका क्रममा कुनै पनि कमी र कमजोरीका सवालहरूमा भने कुरा उठाएनन् ।  

Share7Tweet5Share1

Related Posts

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

८ मंसिर २०८१, शनिबार
मन्थलीमा ३ दिने कृत्रिम बुद्धिमत्ता सम्बन्धी तालिम आरम्भ
देश

मन्थलीमा ३ दिने कृत्रिम बुद्धिमत्ता सम्बन्धी तालिम आरम्भ

८ मंसिर २०८१, शनिबार
रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न
कारोबार

रामेछाप जिल्ला बचतको साधारण सभा सम्पन्न

८ मंसिर २०८१, शनिबार
रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा
देश

रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा

८ मंसिर २०८१, शनिबार
सत्यनारायण बहादुर श्रेष्ठको सम्झनामा रामेछापमा फोनिजको  संवाद
देश

सत्यनारायण बहादुर श्रेष्ठको सम्झनामा रामेछापमा फोनिजको संवाद

८ मंसिर २०८१, शनिबार
काँग्रेस नेता चौलागाईंद्धारा चार विद्यालयका करिव ५ सय विद्यार्थीलाई न्यानोकपडा वितरण
देश

काँग्रेस नेता चौलागाईंद्धारा चार विद्यालयका करिव ५ सय विद्यार्थीलाई न्यानोकपडा वितरण

८ मंसिर २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.