Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 उपमेयरको नेतृत्वमा वडा अध्यक्ष र स्थानीय समेतको सहयोगमा  विटार पार्कको सरसफाइ 

बद्री नयाँघरे बद्री नयाँघरे
८ मंसिर २०८१, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ८ मङ्सिर । रामेछाप नगरपालिकाकी उप–प्रमुख वाल कुमारी कार्कीको नेतृत्वमा रामेछाप नगरपालिका वडा नं ८को विटारमा रहेको विटार पार्कको सरसफाई गरिएको छ । 

पार्कमा घाँस र झाडी भरिएका कारण पार्क घुम्न आउने हरूलाई असहज भएको गुनासो आउन थालेको भन्दै उप–प्रमुख कार्कीको अनुरोधमा शनिवार बिहानै पार्कमा भेला भएका रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङ सहित पार्क व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयको संयुक्त प्रयासमा  विटार पार्कको सरसफाई गरिएको हो । 

आन्तरिक पर्यटकहरुको आगमन बढे सँगै विटार पार्कलाई नमुना पार्कको रुपमा विकास गर्नु पर्ने माग सर्वत्र उठ्दै आएको थियो । सोही मागका आधारमा पार्क व्यवस्थापन समिति र स्थानीयहरूको समेत चासो बढेपछि रामेछाप नगर पालिकाले उक्त पार्कको व्यवस्थापनमा चासो बढाएको छ । जस अनुरूप उप–प्रमुख कार्कीको अगुवाइमा चालु आवमा १० लाख रुपैयाँ विनियोजन भएको थियो । जुन बजेटलाई पनि  पार्क व्यवस्थापनमा  खर्च गर्ने तयारी समितिले गरेको छ । 

सदरमुकाम मन्थली बजार वाट ३ किलो मिटर टाढा भएकोले उक्त पार्कको अवलोकन र मनोरञ्जनका लागि मन्थली बजार वाट दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटकहरू पार्कमा जाने गरेकाले पनि पछिल्लो समयमा उक्त पार्कको महत्त्व बढेको पार्क व्यवस्थापन समितिका अध्यक्ष सुनिल कुमार रायले बताउनुभयो । 

  रामेछाप नगरपालिका वाट १० किलो मिटरको दुरीमा रहेको विटार  पार्कको निर्माण सँगै यसको उचित व्यवस्थापन गर्न सके उक्त पार्कमा आन्तरिक मात्र नभएर बाह्य  पर्यटकहरुको आगमन समेत बढ्न सक्ने रामेछाप नगरपालिकाकी उप–प्रमुख कार्किले जानकारी दिनुभयो ।उहाँले भन्नु भयो – “ पार्कको विकासको लागि नगरपालिकाले आवश्यक सहयोग गर्नु पर्छ भन्ने मान्यता नगरले पनि राखेको छ ।”

पार्कको स्तरोन्नति र थप व्यवस्थापनका लागि नगरपालिकाले महत्वका साथ ध्यान दिनु पर्ने वडा अध्यक्ष सन्तोष कुमार तामाङले बताउनु भयो । पार्कको थप सरसफाइ र भावी कार्य योजना निर्माण गर्नका लागि व्यवस्थापन समितिले उप–प्रमुख कार्कीकै अनुरोधमा आगामी शनिवार पार्क क्षेत्र भित्रै बसेर मैत्रीपूर्ण बैठक गर्ने सहमति भएको पार्क व्यवस्थापन समितिका सदस्य एवं स्थानीय अगुवा नारायण प्रसाद घिमिरेले जानकारी दिनुभयो  । 

Share22Tweet14Share4

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

८ मंसिर २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

८ मंसिर २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

८ मंसिर २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

८ मंसिर २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

८ मंसिर २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

८ मंसिर २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero