उहाँले अहिले सम्म आफूले रामेछापको विकासका लागि आफूले आफ्नो र अर्काको नभनी निष्पक्ष भएर भूमिका निर्वाह गर्दे आएको जानकारी गराउँदै सोही मान्यताका आधारमा जिल्लाको विकास निर्माणका काममा आफू क्रियाशील रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । जस अनुसार आफू जिल्लाका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वटै वडाको विकासका लागि दत्त चित्त भएर लागि पर्ने विश्वास पनि आफू लागि परेको भन्दै मन्थली–खुर्काेट सडक स्तर उन्नति र मर्मतका लागि १८ करोड रुपैयाँ बजेटका व्यवस्थापन भई सकेको बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद एवं प्रदेश पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले स्थानीय सरकारको विकासको मोडेल परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । उहाँले पालिकाहरूलाई व्यवस्थित गर्नका लागि पनि विकासको नीति परिवर्तन गर्नु पर्ने दायित्वका आधारमा सरकारलाई निर्णय लिन पनि आग्रह गर्नु भयो ।
चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा रामेछापका स्थानीय तहको विकास बजेट खर्च निकै कम देखिएको छ । रामेछापमा दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी आठ वटा पालिका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा जिल्लाका मन्थली र रामेछाप नगरपालिकाले विनियोजित विकास बजेटको दुई प्रतिशत पनि खर्च गर्न सकेका छैनन् । अन्य ६ वटा गाउँपालिकाको पनि विकास बजेट खर्च निकै कम रहेको छ ।
सो अवसरमा मन्थली नगरपालिकाका उप सचिव तथा महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले मन्थली नगरपालिकाले दुई वर्षमा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे चालु वर्षको पहिलो चौमासिकको जम्मा १.६५ प्रतिशत मात्र विकास बजेट खर्च गरेको जानकारी दिनु भएको थियो । सो अवसरमा उहाँले विकास बजेट अर्थात् पुँजीगत तर्फ ३१ करोड ९३ लाख २६ हजार बजेट रहेकोमा कात्तिक मसान्तसम्म १.६५ प्रतिशत अर्थात् पाँच करोड २६ लाख आठ हजार ८७९ रुपैयाँ बजेट खर्च भएको जानकारी पनि गराउनु भएको थियो । बुढाथोकीको प्रतिवेदनका अनुसार मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट एक अर्ब एक करोड ९७ लाख ८१ हजार रहेकोमा १५.५५ प्रतिशत अर्थात् १८ करोड ७० लाख २० हजार ९४५ रुपैयाँ बजेट खर्च गरेको जानकारी पनि आफ्नो स्थापना दिवसका अवसरमा गराउनु भएको थियो ।
मन्थली नगरपालिकाको प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको उक्त स्थापना दिवसका अवसरमा जिल्ला समन्वय प्रमुख चिना कार्की,प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेले,निवर्तमान मन्थली नगर प्रमुख रमेश कुमार कार्की, मन्थली स्थित राजनीतिक पार्टीका प्रमुख र तिनका प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ लगायतका विभिन्न संस्थाका प्रमुख हरूले पनि नगरको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै समृद्ध नगरको परिकल्पना साकार पार्न मन्थली नगरपालिका समक्ष आग्रह गरेका थिए । सो अवसरमा नगरपालिकाले नगर भित्र का विद्यालयमा रहेर उत्कृष्ट पठन पाठन गराउने शिक्षक र विभिन्न तहमा अध्ययनरत विद्यालयका छात्र छात्रा तथा यस वर्षको एसइईमा सर्वाेत्कष्ट अङ्क ल्याउने विद्यार्थिहरुलाई पनि सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम)को हातबाट सम्मान गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया