रामेछाप २२ मङ्सिर । दिदी बहिनी साकोस मन्थलीले आफ्नो १८ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले शनिवार सदरमुकाम मन्थलीको भूपू सा कोसको सभा हलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको उद्घाटन जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलले पानसमा बत्ती बालेर गर्नु भएको थियो । साधारण सभाको उद्घाटन गर्दे प्रमुख अतिथि ढुङ्गेलले दिदी बहिनी सहकारीले महिलाहरूको आर्थिक सशक्तीकरण तथा क्षमता विकासका क्षेत्रमा गर्नु पर्ने काम बाँकी रहेको भन्दै त्यस तर्फ सहकारीलाई पनि अगाडि बढ्न आग्रह गर्नु भयो । उहाँले दिदी बहिनिले आफ्ना शेयर सदस्यहरूको आय आर्जनमा ध्यान दिन पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भएका जिल्ला बचत तथा क्षण सहकारी संस्थाका अध्य जेएन दाहाले वर्तमान अवस्था सम्म आइपुग्दा दिदी बहिनिले महिलाका क्षेत्रमा राम्रो काम गर्दे आएको बताउनु भयो । उहाँले दिदी बहिनीलाई पारदर्शी र सुशासन बनाउँदै आफ्ना शेयर सदस्य हरूको मन जितेर काम गर्न नि आग्रह गर्नु भयो ।
संस्थाकी अध्यक्ष सोविता न्यौपानेको अध्यक्षतामा भएको उक्त साधारण सभामा संस्थाकी सचिव कल्पना सत्यालले सचिवको प्रतिवेदन पेस गर्दे संस्थाले स्थापना काल देखि हाल सम्म गरेको गतिविधि,नेतृत्वको योगदान र विगत एक वर्षको बिचमा गरेको कार्य प्रगति र आगामी वर्ष सञ्चालन गरिने कार्यक्रमका बारेमा सहभागी र आफ्ना शेयर सदस्यहरूलाई जानकारी गराउनु भएको थियो । त्यसैगरि वहाँले आफ्ना शेयर सदस्यहरूको सम्वृद्धिको अभियानमा संस्थाले गरेको योगदानका बारेमा पनि प्रतिवेदन मार्फत उल्लेख गर्नु भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष यशोदा घिमिरेको तर्फबाट संस्थाको आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिको संयोजक पार्वती पाठकले वाचन गरेर सुनाउनु भएको थियो । प्रतिवेदनका अनुसार संस्थाले हाल सम्म ८८ लाखको कारोबार गरी विभिन्न व्यवसाय तथा प्रयोजनका लागि आफ्ना सदस्य हरूलाई क्षण लगानी समेत गर्दे आएको छ । त्यसैगरि संस्थाको शेयर पुँजी २ लाख ६० हजार ४ सय रुपैयाँ पुग्नुका साथै उसले एक वर्षको बिचमा कुल २ लाख ४४ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएको पनि कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे संस्थाकी अध्यक्ष सोविता न्यौपानेले जिल्लाको सहकारी अभियानमा दिदी बहिनिले खेलेको भूमिकाको बारेमा चर्चा गर्दे आगामी दिनमा संस्थाका गतिविधि र क्रियाकलापलाई संस्थाले थप सुधार गरेर अघि बढ्ने धारणा राख्नु भएको थियो । संस्थामा कुल ३ सय ७३ जना शेयर सदस्य आबद्ध रहेको जानकारी पनि अध्यक्ष न्यौपानेले जानकारी गराउनु भएको थियो ।
उक्त साधारणका अतिथि र सहभागी हरुलााई सञ्चालक सदस्य रिता आचार्यले स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँ घरे,लगायतका वक्ताहरूले संस्थाले आफ्ना शेयर सदस्यहरूको व्यावसायिक हित र आय आर्जनमा खेलेको भूमिकाका बारेमा प्रशंसा गर्दै आगामी वर्षहरूमा यसले आफ्नो दायरलाई थप मजबुत बनाउँदै लैजानु पर्नै र यसका लागि सबै खाले सरकारको सहयोगको आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया