Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समाजसेवी  रत्न गौतमद्धारा  १२ सय विद्यार्थीलाई न्यानो कपडा वितरण   

बद्री नयाँघरे बद्री नयाँघरे
८ पुष २०८१, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

  रामेछाप ७ पुस  समाज सेवाको क्षेत्रमा छुट्टै  पहिचान बनाउनु भएका   समाजसेवी रत्नप्रसाद गौतमले  रामेछाप जिल्लाको सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्नुभएको छ । उहाँले सोमबार दिउँसो विद्यालय हाता भित्र एक औपचारिक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत एक हजार २ सय विद्यार्थिरुलाई एक एक सेट न्यानो कपडा वितरण गर्नु भएको हो । 

 यस अघिका विभिन्न समय र स्थानमा पुगेर   दिन दुखिलाई विभिन्न सहयोग गर्दे  दर्जनौँ समाज सेवाको काम गर्दे समाज सेवामा छुट्टै पहिचान बनाउनु  भएका गौतमले विद्यार्थी, विद्यालय व्यवस्थापन समिति विद्यालय परिवार स्थानीय राजनीतिक दलका प्रमुख र सरोकारवालाहरूको रोहबरमा उक्त कपडा वितरण गर्नु भएको जानकारी विद्यालयले गराएको छ  । 

 नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य समेत रहनु भएका गौतमले न्यानो कपडा अन्तर्गत प्रति विद्यार्थी एक सेट ट्र्याक सुट र एक थान टी सर्ट उपलब्ध गराउनु भएको थियो । न्यानो कपडा लिनका लागि विद्यार्थिहरुको अलावा कतिपय अभिभावक हरू पनि सहभागी हुनु भएको थियो ।  विद्यालयले  गौतमको सचिवालय सँगको समन्वयमा उहालाईनै प्रमुख तिथि बनाएर उक्त कपडा वितरण गरिएको पनि जानकारी दिएको छ । 

  कपडा हस्तान्तरण कार्यक्रमका बोल्दै समाजसेवी  गौतमले विद्यार्थी र अभिभावकलाई पठनपाठनमा उत्प्रेरित गर्न आफूले जिल्ला पार्टी र विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनसँग समन्वय गरी सहयोग न्यानो कपडा सहयोग गरेको भए पनि विद्यालयका लागि आफूले अरू खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । गरेको बताउनुभयो । उहाँले मन्थली मावि सँगकै समन्वयमा विद्यालय हाता भित्र अध्ययनरत  प्राविधिक विषय पढ्ने  विद्यार्थीहरूका लागि पनि आवश्यक परे आफूले थप सहयोग गर्नै पनि बताउनु भयो  । गौतमले हाललाई मन्थली माविका विद्यार्थिहरुका लागि सहयोग गरेको भए पनि यो अभियानलाई जिल्लाका सबै विद्यालयहरूमा पुर्‍याउने कार्यक्रम रहेको पनि  जानकारी गौतमको सचिवालयले गराएको छ 

गौतमले कक्षा नर्सरी देखि १० कक्षा सम्मका एक हजार विद्यार्थिहरुका लागि वितरण गरेको कपडा करिब हालको बजार मूल्य अनुसार  १२ लाख रुपैयाँ बरावरको  रहेको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीले जानकारी दिनुभयो   । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले समाज सेवी गौतमले विद्यार्थिहरुका लागि गरेको सहयोग प्रति धन्यवाद दिँदै  विद्यार्थीहरूलाई अनुशासित  वातावरणमा पठन पाठन गराउनु पनि विद्यालय र आम अ विभावको दायित्व रहेको धारणा व्यक्त गर्नु भयो ।  

मन्थली माविका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहालले मन्थली माविको भौतिक पूर्वाधार निर्माणमा पनि गौतमको ठुलो योगदान रहेको बताउनुभयो । अहिले धेरै मानिसहरूसँग पैसा भए पनि सहयोगी भावना भएका मानिसहरूको सङ्ख्या समाजमा कमै मात्र हुने गरेको र त्यस्तै कम मानिसहरूको सङ्ख्यामा रहनु भएका गौतमको भावनाबाट विद्यार्थीहरूको पठन पाठनमा समेत सहयोग पुग्ने भन्दै विद्यालय परिवारको तर्फ वाट धन्यवाद पनि दिनु भयो ।   

कार्यक्रमका अवसरमा  पूर्व प्रधानाध्यापक गुञ्जबहादुर श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठ,   क्लबकी अध्यक्ष मनसुन लामा लगायत गौतमले विद्यालयका लागि गरेको सहयोग प्रति धन्यवाद पनि दिएका थिए ।  

विद्यालयलाई सहयोग गर्ने गौतमलाई विद्यालयले सम्मान पत्र र दोसल्ला ओढाएर  सम्मान गरेको थियो भने गौतमको स्वागतका लागि मुख्य प्रवेश द्वारमा फुल माला घडा समेत राखिएको थियो  । त्यसैगरि गौतमलाई  स्काउटको टोलीले छुट्टै स्वागत र सम्मान गारत अपर्ण गरेको थियो । गौतमको  स्वागतका लागि विद्यालयले गरेको तयारी थप प्रशंसा गर्न लाईकनै रहेको थियो । 

Share10Tweet6Share2

Related Posts

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित
शिक्षा

विद्यालय भवनहरुमा क्षति पुगेपछि पठन पाठन प्रभावित

८ पुष २०८१, सोमबार
राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण
समाचार

राउवासंघका दुईजना सदस्यलाई विमा बापदको रकम हस्तान्तरण

८ पुष २०८१, सोमबार
२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने
देश

२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने

८ पुष २०८१, सोमबार
मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा
देश

मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा

८ पुष २०८१, सोमबार
नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापमा उदाश
समाचार

नेपाल उद्योग तथा ब्यवसायि महासंघ रामेछापमा उदाश

८ पुष २०८१, सोमबार
मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित
देश

मन्थलीका दीनेश सुवेदी, रास्वपा सार्वजनिक लेखा विभागमा मनोनित

८ पुष २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.