Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुस १६ र १७ गते   मन्थलीमा कृषि तथा लघु उद्यम प्रदर्शनी मेला

नेपाल अभियान नेपाल अभियान
१४ पुष २०८१, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
36
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप, १४ पुस ।   मन्थली नगरपालिकाले यही पुस १६  र १७ गते सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला –२०८१ गर्ने भएको छ । नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी दुई दिन सम्म चल्ने नगर स्तरीय मेलाको लागि आवश्यक तयारी पूरा भएको जानकारी गराएको हाे।

  नगरपालिकाले “शिक्षित स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर,” भन्ने मूल नाराका साथ दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्न लागेकाे हाे ।

मन्थली नगर प्रमुख लव श्रेष्ठ आयोजक समितिका संयोजक एवं नगरपालिकाका आर्थिक विकास संयोजक नवराज थापा मगर र निमित्त कार्यालय प्रमुख हेमन्त बुढाथोकी लगायतको सहभागितामा आयोजित पत्रकार सम्मेलनमा मथली नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत गोविन्द कट्टेलले नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली वस्तुहरूको प्रदर्शनीका लागि आयोजना गर्न लागिएको कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको तयारी पुरा भएको जानकारी दिनुभएको थियो ।  

नगरपालिका र कृषक स्वयंले कृषि क्षेत्रमा गरेको लगानी  र त्यसबाट व्यवसायी कृषकहरूमा आएको परिवर्तन सँगै उत्पादनको अवस्था आदिका बारेमा नगरपालिकालाई आङ्कलन गर्नका लागि पनि सहज होस भन्नका लागि  उक्त मेलाको आयोजना गर्न लागिएको सो अवसरमा जानकारी गराइएको थियो । उक्त प्रर्दशनिका लागि नगरपालिका भित्र रहेका १४ वटै वडाका कृषक तथा लघु उद्यमीहरूलाई खबर पठाई सकिएको बताइएकाे छ ।

   उक्त मेलामा बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य, चिया, कफी, मसला बाली, नर्सरी, फूल, कन्दमूल ,लगायतका सामाग्री सँगै  पशुपन्छी तर्फ खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनी गर्ने तयारीका साथ प्रर्दशनी स्थलमा ५३ वटा स्टलको व्यवस्था पनि आयोजकले गरेको छ । त्यस बाहेक प्रदर्शनी स्थलमा  ढाका, साबुन, सर्फ,बाँसबाट बनाइएका सामाग्रीहरू होजियारी, दुना, टपरी, जुस  समेत राखिने र यसका लागि व्यवसायीक कृषकहरूलाई पहिलो प्राथकितमा राखिने जानकारी कार्यक्रम अधिकृत गाेबिन्द कट्टेलले गराउनुभयाे ।

 दुई दिन सम्म चल्ने प्रदर्शनीका लागि जिल्ला समन्वय समितिको हाता भित्र  कृषक तथा उद्यमीहरूलाई निःशुल्क स्टलको व्यवस्था गरिएको जानकारी नगरप्रमुख श्रेष्ठले सो अवसरमा गराउनु भएको थियो । कृषकहरूको उत्साहलाई अभिवृद्धि गराउने उद्देश्यले स्टलमा आफ्नो उत्पादन राख्ने कृषक तथा उद्यमीहरूलाई यातायात र अावास खर्चको व्यवस्था पनि नगरपालाकिाले गरेको जानकारी पनि सो अवसरमा गराईएको थियो  ।

 दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेलामा सबै गरी करिब  १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र उक्त खर्चको विवरण पनि सार्वजनिक गर्ने कार्यसूची  मन्थली नगरपालिकाले तय गरेको पनि सो अवसरमा जानकारी गराइएको थियो  ।

 पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै  प्रमुख लव श्रेष्ठले पहिलो पटक नगरले कृषकहरूको हित र कृषि उत्पादनको अवस्थालाई समेत संस्थागत गर्न सजिलो होस भन्ने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रर्दशनिको अवस्थालाई मुल्याङ्कनगरी त्यसमा भएका र हुन सक्ने  कमीकमजोरीलाई सच्याएर अर्को वर्ष वाट थप व्यवस्थित बनाउनका लागि पनि नगरपालिकाले यस्ताे मेला गर्न लागेकोले यस मेलालाइ सफल बनाउन जिल्ला स्थित सबै सञ्चार माध्यम र सबै सरोकारवाला पक्ष सँग नगर प्रमुख श्रेष्ठले अनुरोध गर्नुभयो ।  

उर्जा,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री पूर्ण बहादुर तामाङ कान्छारामले मंगलवार विहन ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको पनि नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलनका अवसरमा जानकारी दिनुभयो ।

Share14Tweet9Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१४ पुष २०८१, आईतवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१४ पुष २०८१, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१४ पुष २०८१, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१४ पुष २०८१, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१४ पुष २०८१, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१४ पुष २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.