रामेछाप । जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले उप मेयर सँग सुत्केरी कार्यक्रम अन्र्तगत सुत्केरी आमाहरूका लागि नगद सँगै विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको छ । जस अन्तर्गत आज सोमबार नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले मन्थली अस्पतालमा आएर नियमित स्वास्थ्य जाँच र बच्चा जन्माउने १ सय ६३ जना आमाहरूलाई नगद सहितको सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
उक्त कार्यक्रम अन्तर्गत उप प्रमुख बस्नेतले मन्थली अस्पतालमा भेला भएका सुत्केरी आमा र तिनका शिशुहरूका लागि प्रति व्यक्ति नियमित ८ पटक स्वास्थ्य संस्थामा आएर स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य कर्मीको सल्लाहका आधारमा नियमित आइरन चक्की लगायतका स्वास्थ्य वर्द्धक औषधि सेवन गर्ने नगर भित्र बसोबास गर्ने आमा हरूका लागि वडाको सिफारिस र जन्म दर्ताका आधार नगद २ हजार ८ सय रुपैयाँ, उपलब्ध गराएको छ । त्यसैगरि नगर भित्रकै छोरी जन्माउने प्रति आमाहरूका लागि प्रोत्साहन स्वरूप थप ३ हजार नगद समेत उपलब्ध गराएको छ ।
त्यस बाहेक नगरपालिकाले स्वास्थ्य संस्थामा आएर नियमित स्वास्थ्य परीक्षण गराई सुत्केरी गराउने सबै जिल्ला र क्षेत्रका आमाहरू समेतलाई आमा र शिशुको स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दे प्रति सुत्केरी १÷१ लिटर घिउ र तोरीको तेल सँगै शिशुहरूका लागि अत्यावश्यक विभिन्न खालको सामाग्री सहितको किटबक्स समेत प्रदान गरेको मन्थली अस्पतालकी अनमी सुस्मिता फुयाँलले जानकारी दिनु भयो ।
त्यसै गरी मन्थली नगरपालिकाले मन्थलीमा सुत्केरी गराउन नसकिने आमा हरूका हकमा मन्थली अस्पतालले रेफर गरेको आधारमा राजधानी काठमाडौँ सम्म पुग्नका लागि निःशुल्क एम्बुलेन्स या यातायाता खर्च बापत प्रति व्यक्ति ९ हजार रुपैयाँ समेत उपलब्ध गराउँदै आएको छ ।
मन्थली अस्पताल परिसरमा ठुलो सङ्ख्यामा भेला भएका सुत्केरी आमाहरूलाई नगद सहितको सामाग्री हस्तान्तरण गर्दे उप मेयर ईश्वरी बस्नेतले नगरपालिकाले नागरिक हरूले घरदैलोमानै सरकारको अनुभूति गर्न सकुन् र नगरको सहयोगले आमा र जन्मने शिशु समेत स्वस्थ रहोस् भन्नका खातिर प्रोत्साहन सहित उक्त सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले यस बापत चालु आवमा नगरले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी पनि दिनु भयो । नगरले गत वर्ष उक्त शिषर्कमा ४ लाख रुपैयाँ विनियोजन गरेको र उक्त रकम अपुग भएकाले यस वर्ष ८ लाख विनियोजन गरी काम भइरहेको पनि कार्यक्रमका अवसरमा बताउनु भयो । कार्यक्रममा मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामी लगायतका स्वास्थयकर्मिहरुको पनि सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया