Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संविधान संशोधन गरेरै छाड्ने  – एमाले नेता  भट्टराईको दाबी  

नेपाल अभियान नेपाल अभियान
२४ माघ २०८१, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
27
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ माघ  । नेकपा (एमाले)का स्थायी सदस्य डा.राजन भट्टराईले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको केपी ओलीको नेतृत्वमा रहेको वर्तमान सरकाले संविधान संशोधन गरेरै छाड्ने विश्वास व्यक्त गर्नु भएको छ । वहाँले वर्तमान सरकार गठन हुँदा वर्तमान संविधानमा देखिएका कमी कम्जोरीहरुलाई संशोधन गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेको र यसमा दुवै पार्टीमा कुनै विमति रहेको पनि बताउनु भयो । 
संविधान संशोधन जस्तो कुरा चुट्किलो भरमा नहुने तर्क गर्दै उहाँले वृहत् छलफल र सबैसँगको सहमतिका आधारमा सरकार अगाडि बढ्ने र सरकारको बाँकी समयमा संविधान संशोधन गर्न नसकिए आगामी निर्वाचनमा जनता सँग पनि संविधान संशोधनको एजेन्डा लिएर जाने  नेता भट्टराईको भनाई छ ।
उहाँले सञ्चार कर्महरूले सोधेको प्रश्नको जवाफ दिँदै संविधान संशोधन गर्नै जस्तो कुरामा अरू राजनीतिक दलहरू सँग समेत छलफल गरेर अगाडि बढ्नु पर्नै अवस्था रहेको भन्दै  सरकार बनेको छ  महिनामानै संविधान सँंसोधन भएन भन्नु नमिल्ने भन्दै यसका लागि सरकारले प्रयास गरी रहेको र संविधान संशोधनको एजेन्डालाई काँग्रेस एमालेकै सरकारले साकार पार्ने विश्वास पनि नेता भट्टराईले गर्नु भयो   
 देशमा अप्ठेरो पर्दा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले) बिच मेल मिलाप कायम हुने गरेको र सोही मेल मिलापका आधारमा अहिलेको सरकार निर्माण भएको धारणा राख्नु भएको छ  । सो धारणा उनले आज बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा नेकपा एमाले निकट प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका अवसरमा राख्नु भएको  भएको हो । 
पछिल्लो समयमा देशलाई अस्थिरता तर्फ धकेल्नेहरूले सरकारका विरुद्ध नकारात्मक कुराहरू व्यक्त गर्दे आएको भए पनि सरकारको वर्तमानको कार्यशैलीमा भने सुधार आएको दाबी गर्नु भयो । उहाँले – काँग्रेस र नेकपा एमाले मिलेकाले जातियता र धर्मका नाममा आन्दोलन थालेर अहिलेको  व्यवस्थाको विरुद्धको खेलमा लागेका अश्थिरवादी शक्तिहरु कमजोर बन्दै गएको धारणा पनि राख्नु भयो । 
 जनताले विश्वास गरेका र पत्याएका दुई ठुला दलहरू  काँग्रेस र एमाले मिलेर के पी ओलीको नेतृत्वमा सरकार बनेको छोटो समयमानै सुशासन सहितको  देशमा परिवर्तनको अनुभूति भएको पनि भट्टराईको भनाई रहेको छ  । जसको उदाहरण भनेको देशको अर्थ तन्त्र सकारात्मक हुँदै गएको, राजश्व सङ्कलन बढेको, राज्यको खर्च गर्ने क्षमतामा वृद्धि भएको, अर्थ तन्त्र सुधारसँगै बिदेसिने मनस्थिति बनाएका युवा शक्तिहरू व्यवसायीक बाटोमा चलायमान हुँदै जानु आदी रहेको पनि एमाले नेता भट्टराईले जिकिर गर्नुभयो ।  
  उहाँले देशलाई (आइटी) क्षेत्रमा जोड्दा त्यसबाट आर्थिक विकासमा सहयोग पुग्ने भन्दै जारी भएका अध्यादेशहरूले समेत सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने गरी काम गर्न सक्ने भएकोले पनि अध्यादेश बाट कसैलाई पनि विचलित नहुन पनि उहाँले आग्रह गर्नु भयो । विश्व बजारमा छाएको प्रतिस्पर्धाका आधारमा ‘आइटी क्षेत्रको विकास ग¥यो भने विश्वको जुनसुकै देशको काम देशमानै बसेर गर्न सकिने भएको र त्यसबाट दर्विलो आम्दानी हुने भएकाले नयाँ पुस्ताको भावनलाई बुझ्दै देशमानै  बसेर काम गर्न सक्ने वातावरण निर्माण गर्नका लागि पनि सरकारले अध्यादेश जारी गरेको पनि बताउनु भयो  ।’
 पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा एमालेका बागमती प्रदेशका इन्चार्ज समेत रहनु भएका डा.भट्टराईले मुलुकका दुई दल मिलेर सरकार बनाउँदा समस्या आउने हो कि भन्ने एक किसिमको आशङ्का पनि छ महिनाको बिचमा टरेर गएको पनि बताउनु भयो । सरकारले सुरु गरेका राम्रा र समझदार पूर्वक कामहरूकै कारण  दुई पार्टीबिचको सम्बन्ध थप दरिलो र मुजबद्ध बन्दै गएको भन्दै केपी ओली नेतृत्वका  सरकार आगामी १६ महिना सम्म चल्ने र बाँकी समय सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नै कुरामा पनि  दुई पार्टी बिच कुनै विमति नरहेको  पनि नेता भट्टराईले बताउनु भयो ।  

 

Share11Tweet7Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२४ माघ २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२४ माघ २०८१, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२४ माघ २०८१, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२४ माघ २०८१, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२४ माघ २०८१, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२४ माघ २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero