रामेछाप । सदरमुकाम मन्थलीमा शनिवार बाट मन्थली नगर कप रनिङसिल्ड प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिले शुक्रवार साँभ मन्थली नगरपालिकाको हलमा पत्रकार सम्मेलन गरी ५ दिन सम्म चल्ने नगर कप र त्यसको तयारीका बारेमा जानकारी गराएको हो ।
मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको नगर कप रनिङसिल्ड प्रतियोगितामा मन्थली नगरभित्रका १४ वटा पुरुष र ७ वटा महिला समूह बिच छुट्टा छुट्टै प्रतिस्पर्धा हुने छ । उक्त प्रतियोगितामा प्रथम हुने महिला समूहलाई ५० हजार र पुरुष समूहलाई भने १ लाख राशिको नगद पुरस्कार दिइने भएको छ । दुवै खेल समूहमा द्धितिय देखि सान्त्वना सम्मको नगद पुरस्कारको समेत व्यवस्था आयोजक पक्षले गरेको छ । उक्त प्रतियोगिताका लागि मन्थली नगरपालिकाले १२ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
पुरुषको तुलनामा महिला भलिबलका खेलाडीहरूमा खडेरी पर्दै गएको भन्दे मन्थली नगर खेलकुद समितिले यस वर्ष बाट महिला खेलाडी अभिवृद्धि गराउने उद्देश्यले महिला टिम बिच छुट्टै प्रतिस्पर्धा गराउन लागेको हो । आगामी फागुन ७ गते विधिवत् रूपमा समापन हुने उक्त प्रतियोगिता अन्तर्गत खेलमा उत्कृष्ट खेल खेल्ने सबै विधाका खेलाडीहरू र टिम कोचलाई पनि पुरस्कृत गर्ने कार्यक्रम तय भएको जानकारी नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले गराएका ।
शनिवार दिउँसो उक्त प्रतियोगिताको उद्घाटन प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले गर्नै कार्यक्रम रहेको जानकारी पनि सो अवसरमा गराईको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्की,उपाध्यक्ष वासु फुयाँल खेल प्रशिक्षक शुक्र माझी र देवेन्द्र श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया