रामेछाप— सदरमुकाम मन्थलीमा आज बाट कृत्रिम बुद्धिमत्ता सम्बन्धी तीनदिने तालिम आजबाट शुरुभएको छ। सूचना प्रविधिको तीव्र विकाससँगै त्यसको प्रयोग र महत्वबारे जानकारी गराउँदै पत्रकारीतालाई प्रविधिमैत्री बनाउँने मुख्य उद्देश्यले तालिम आयोजना गरिएको हो।
नेपाल पत्रकार महासँघ रामेछापको सँयोजनमा शुरु भएको तालिममा जिल्लामा क्रियाशिल दुई दर्जन जति क्रियाशिल पत्रकार हरुको सहभागिता रहेको थियो। तीन दिन सम्म चल्ने तालिममा सहभागीहरूलाई के हो, यसको प्रयोग क्षेत्र, सम्भावना र चुनौतीका साथै पत्रकारिता, शिक्षा तथा दैनिक जीवनमा यसको उपयोगबारे प्रशिक्षण दिइने आयोजक पक्षले जनाएको छ ।
कार्यक्रममा प्रशिक्षकहरूले प्रविधिले समाचार लेखन, तथ्य जाँच, डाटा विश्लेषण तथा सामग्री व्यवस्थापनमा कसरी सहयोग पु¥याउँछ भन्ने विषयमा व्यवहारिक ज्ञान पनि सहभागिहरुले पाउने स्पष्ट पारेका छन् ।











यो बारेमा तपाईको प्रतिकृया