रामेछाप । जिल्ला सहकारी संघ रामेछापको आठौ बार्षिक सभाबाट उक्त सँघका जिल्ल्ला अध्यक्ष हिमाल ढुंगेलको आगमन भएको छ । मँगलबार मन्थलीमा सम्पन्न सँस्थाको साधारण सभाले बाहालवाला अध्यक्ष ढुँगेललाई ४ बर्षे कार्यकालका लागि फेरी दोसो पटकका लागि अध्यक्ष पदमा सर्व सम्मत बनाएको हो । सँस्थाको स्थापना काल देखिनै जिम्मेवारी लिएर काम गर्दे आएका ढुँगेलको समितिको उपाध्यक्षमा पवन कठायत,सचिवमा योगेन्द्र श्रेष्ठ,कोषाध्यक्षमा छत्रविर श्रेष्ठ पनि सर्व सम्मत रुपमा चयन भएका हुन् । समितिका सदस्यहरुमा बदी नयाँघरे, रिता मगर ,सुनिता तामाङ,ध्रुव बहादुर थापा र रन्जु पौडेल रहेका छन् । त्यसैगरि समितिको लेखा सुपरिवेक्षण समितिको संयोजकमा उमेश विक्रम थापा,सदस्यहरुमा क्रमशः रमेश ढुंगेल र राजेन्द्र बहादर कार्की चयन भएका छन् ।
साधारण सभाले जिल्लाका सहकारीहरुमा काम गर्ने मध्य उत्कृष्ठ ब्यबस्थापकका रुपमा साहारा बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक बलराम लामा लाई उत्कृष्ट ब्यवस्थापक र मन्थलीमानै कृयाशिल रहेको दिदिबहिनि बचत तथा ऋण सहकारि संस्था लिमिटेडलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको थियो । त्यसैगरि जिल्लामा लामो समय देखी सकारीहरुको संस्थागत विकासमा योगदान पुर्याउँदै आएका ं जिल्ला बचत तथा ऋण सहकारि संघका अध्यक्ष जगन्नाथ दाहाललाई सहकारी अभियन्ता सम्मानबाट सम्मानित गरिएको थियो ।
जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम सागर थापाको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारण सभाले समितिका अध्यक्ष हिमाल ढुँगेलद्धारा प्रस्तुत सँस्थाको सँस्थागत प्रतिवेदन,सचिवको साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष योगेन्द्र श्रेष्ठद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि सर्व सम्मत रुपमा पारित गरेको थियो । साधारण सभामा जिल्लाका विभिन्न विधाका सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











यो बारेमा तपाईको प्रतिकृया