२७ असार, २०७६
रामेछाप- शुक्रबार बिहान अविरल वर्षका कारण गोठ भत्केर ज्यान गुमाएका परिवारलाई रामेछाप नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गोठमा दुध दुहुने क्रममा रामेछाप नगरपालिका वडा नं. ५ रामपुरकी ७१ वर्षिय पदम कुमारी सुनुवारलाई गोठ भत्केर किच्दा उहाँको ज्यान गएको थियो । नगरपालिकाले मृतक सुनुवारको परिवारलाई २० हजार नगद सहयोग गरेको छ । त्यस्तै गोठले नै किचेर घाइते हुनुभएकी मृतककी बुहारी असली सुनुवारलाई उपचार खर्च बापत १० हजार सहयोग गरेको छ ।
नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगरले पीडितको घरमै पुगरे सहयोग गर्नुभएको हो । मृतकका परिवारलाई नगरपालिकाले आर्थिक सहयोगसँगै खाद्यन्न र लत्ताकपडा समेत सहयोग गरेको रामेछाप नगरपालिकाका सामाजिक विकास अधिकृत नारायाण सुवेदीले जानकारी दिनुभयो ।
शुक्रबार विहान देखि नियमित रुपमा वर्षा भइरहेको कारण पोष्टमार्टमको लागि ल्याउन नसकिएको सब शुक्रबार साँझ मात्रै शब बहानमा ल्याइएको पनि सुवेदीले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया