Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप मालपोतमा पनि अनलाइन सेवा सुरु

नेपाल अभियान नेपाल अभियान
२० भाद्र २०७६, शुक्रबार
in समाचार
0
813
SHARES
Share on FacebookShare on Twitter

२० भदौ, २०७६

मन्थली- मालपोत कार्यालय रामेछापले आफ्नो सेवा अनलाईन मार्फत दिन सुरु गरेको छ । सेवाग्राहीको चापलाई ध्यानमा राखेर बद्लिदो समयसँगै नागरिकहरुलाई सेवा प्रवाहको क्रममा झंझटिलो प्रक्रियाबाट मुक्ति दिलाउन र कार्यालयका कामहरुलाई ब्यवस्थित बनाउनका लागि अनलाईन सेवा सुरु गरिएको हो ।

शुक्रबार मलपोत कार्यालयका प्रमुख रघुनाथ फुयालको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले व्यानर अनावरण गरेर अनलाईन सेवाको आरम्भ भएको जानकारी गराउनु भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले मालपोत कार्यालयले अनलाईन मार्फत सेवा सञ्चालन गर्दा लेखापढी ब्यवसायिहरुले परम्परागत तरिकाले काम गर्न नसक्ने भएपनि उनिहरुले दक्ष भई कम्प्युटर वा ल्यापटप मार्फत सेवाग्राहीलाई सहयोग गर्न सक्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले अनलाईन सेवाका लागि कर्मचारीहरुको क्षमता अभिबृद्धि गरिनु पर्ने बताउनु भयो । उहाँले जनताको काम छिटो छरितो र पारदर्शि ढंगबाट गर्न सके मालपोतको काम सुशासन मुखी हुने र श्रेष्ता ब्यवस्थीत समेत हुने हुँदा यसलाई अझ प्रभावकारी बनाउनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले अनलाईन सेवाले मालपोत कार्यालयमा हुने गरेको परम्परागत कार्यशैलीलाई परिबर्तन गरेको बताउनुभयो । उहाँले मालपोत कार्यालयले अझ ब्यवस्थित एबं छिटो छरितो ढंगबाट सेवा दिनेगरी काम गर्नु पर्ने बताउनुभयो । अध्यक्ष ढुंगेलले अब चाडै नै नापी कार्यालमा पनि अनलाईनबाट सेवा दिने व्यबस्था मिलाउनु पर्ने बताउँदै सर्भर बिग्रेका कारण काम नभएर सेवाग्राही हैरानी भएको समाचार लेख्नुपर्ने अबस्था सृजना नबन्नेमा आफू बिश्वस्त रहेको बताउनुभयोे ।
मुलुकभरका १ सय ३० वटा मालपोत कार्यालय मध्ये रामेछाप मालपोत अनलाईन बाट सेवा सुरु गर्ने ८८ औं कार्यालय भएको जानकारी मालपोत कार्यालय रामेछापका प्रमुख रघुनाथ फुयालले बताउनुभयो । उहाँले नागरिकहरुलाई सहज ढंगबाट सेवा प्रबाह गर्न मालपोत कार्यालय सधै तयार रहेको बताउनुभयो ।

कार्यक्रममा भू–सूचना प्रणली मार्फत सुरु भएको अनलाइन सेवाको सबै बिबरण बिभाग र मन्त्रालयमा हुने भएकोले यसमा ह्याक हुने गोपनियता नष्ट हुने जस्ता कृयाकलापहरु हुनै नसक्ने केन्द्रिय कम्प्युटर अधिकृत हिरा गोपाल महर्जनले दाबी गर्नुभयो । उहाँले सेवाग्राहीरुलाई सुरु सुरुमा यो प्रणाली झण्झटिलो जस्तो लाग्ने भएपनि पछि निक्कै सजिलो भएको महसुस हुने बताउनुभयो ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरु मध्ये सबै भन्दा झन्झटिलो प्रक्रिया व्यहोर्नु पर्ने मालपोत कार्यालयमा अनलाईन सेवाको आरम्भ भए सँगै सेवाग्राहीहरुले पनि सजिलै र समयमानै काम तामेली गर्न सक्ने अवस्था सृजना भएको कार्यालयका नायब सुब्बा दामोदर सुवेदीले बताउनुभयो । कार्यक्रमका अबसरमा अनलाईन सेवा मार्फत तयार भएको लालपुर्जा पहिलो सेवाग्राहिलाई हस्तान्तरण समेत गरिएको थियो ।

Share767Tweet19Share5

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

२० भाद्र २०७६, शुक्रबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

२० भाद्र २०७६, शुक्रबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

२० भाद्र २०७६, शुक्रबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

२० भाद्र २०७६, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२० भाद्र २०७६, शुक्रबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२० भाद्र २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.