Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सबै एक जुट

नेपाल अभियान नेपाल अभियान
२० भाद्र २०७६, शुक्रबार
in समाचार
0
221
SHARES
Share on FacebookShare on Twitter

२० भदौ, २०७६

मन्थली- मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध सरोकारवालाहरु एकता बद्ध भएर अगाडी बढ्ने भएका छन् । मन्थली नगरापलिकाले जिल्ला सदरमुकाम मन्थलीमा शुक्रवार आयोजना गरेको १३ औ राष्ट्रिय मानब बेचबिखन तथा ओसार पसार बिरुद्धको दिवसका अबसरमा आयोजित प्रबचन कार्यक्रममा बोल्ने अधिकासं बक्ताहरुले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध सबै एकता बद्ध भएर लाग्ने बताएका हुन् ।

“सरकारको प्रतिबद्धताः मानब बेचबिखन र ओसार पसार नियन्त्रणमा हामी सबैको एक्यबद्धता” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि एबं जिल्ला सामन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले मानब बेचबिखन तथा ओसारपसार गर्नु जघन्य अपराध भएको भन्दै यसका बिरुद्ध काम गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले अन्यत्र जिल्लाको तुलनामा रामेछाप जिल्लामा त्यस्ता घटनाहरु धेरै नभएको भएपनि सचेत भइ काम गर्नुपर्ने कुरालाई जोड दिनुयभो । कार्यक्रमका अध्यक्ष एबं मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले नगर क्षेत्र भित्र हुने मानव बेचखिन तथा ओसारपसार नियन्त्रण गर्न नगरपालिका जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्थली नगरापलिकाकी उप प्रमुख माया कुमारी कार्कीले दिबस मनाएर मात्र मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण नहुने भन्दै अझै चेतना मुलक कार्यक्रमहरु गर्नु पर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले प्रत्येक बर्ष हुने मानव बेचबिखन तथा ओसार पसार मध्ये ८० प्रतिशत मानिसहरु यौन जन्य दाशिका रुपमा बेचिन बाध्य हुनुपरेको तथ्यांक रहेको बताउँदै रामेछाप जिल्लामा ३ बर्ष यता एउटा मात्र मानव बेचबिखन तथा ओसारपसारको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको भन्दै आगामी दिनमा पनि यस्ता अपराधिक कृयाकलाप हुनै नदिन आफु लागि पर्ने बताउनुभयो ।

कार्यक्रमका अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि वडा स्तर देखिनै चेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले बिगत केहि दिन यता देखि वालवालिका अपहरण गर्ने गिरोह जिल्ला पसेको भन्ने हल्लाका कारण सामाजमा नकरात्मक सन्देश प्रवाह भैरहेकोले यसको बारेमा स्थानीय प्रशासनले सत्य तत्य के हो सबै नागरिकहरुलाई जानकारी गराउनु पर्ने कुरालाई जोड दिनुभयो । उहाँले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सञ्चार क्षेत्र पनि लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

दिबसका अबसरमा प्रभात फेरी, प्रबचन र रेडियो संबाद कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीय बि पी चोकबाट सुरु भएको र्यालीले मन्थली बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको प्राङगनमा प्रबचन कार्यक्रम गरिएको थियो । मावन बेचबिखन तथा ओसार पसार बिरुद्ध कसरी अगाडि बढन सकिन्छ भन्ने बारेमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक सँगको बहस कार्यक्रम जिल्लाका ५ वटै रेडियोले प्रशारण गरेका थिए ।

Share168Tweet22Share6

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

२० भाद्र २०७६, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

२० भाद्र २०७६, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

२० भाद्र २०७६, शुक्रबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

२० भाद्र २०७६, शुक्रबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

२० भाद्र २०७६, शुक्रबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

२० भाद्र २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.