Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनकोशी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना निर्माणमा सर्वपक्षीय प्रतिबद्धता

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३० फाल्गुन २०७६, शुक्रबार
in पुर्वाधार, समाचार
0
304
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– सुनकोशी मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना निर्धारित समयमै सम्पन्न गराउनको लागि आबश्यक सहयोग गर्ने गरी सर्वपक्षीय निर्णय भएको छ  । बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको सर्वपक्षीय बैठकमा आयोजना निर्माणलाई सहज ढंगबाट निर्धारित समयमै सम्पन्न गराउनको लागि सबैले प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकले प्रभबित क्षेत्रका नागरिकको घर जग्गाको मुआब्जाको कामको लागि आबश्यक कार्य स्थानीय तहसँगको समन्वयमा सुरु गर्ने, विगत लामो समय देखि भोग चलन गरिएको तर नाप नक्सामा छुट भइ जग्गा धनि प्रमाण पुर्जा नभएका करिब ४ सय रोपनी जमिनको उपभोक्तालाई मुआब्जा लागि सम्बन्धित निकायमा सिफारीस गर्ने, मुआब्जा निर्धारणका लागि जिल्लास्तरीय मुआब्जा निर्धारण समितिलाई निर्देशन दिने लगाएतका निणर्यहरु भएका छन ।

त्यसैगरी प्रभाबित क्षेत्रका नागरिकहरुलाई उनीहरुको योग्यता र क्षमता अनुसार आयोजनाको काम सम्पन्न नहुन्जेल सम्म सिपमुलक तालिम तथा रोजगारीको अबसर दिने पनि निर्णय भएको छ ।

नेपाल सरकारले राष्ट्रिय गौरबको अयोजनाको सूचिमा राखेर काम सुरु गरेको यो  आयोजाको काम तिब्र रुपमा अगाडि बढाउने उद्देश्य र यस अघि प्रभाबित क्षेत्रमा गरेको कार्यक्रममा आएका  सल्लाह र सुझाबलाई आत्मसाथ गर्दै  स्थानीयत तहसँग समन्वयको पाटोलाई निरन्तरता दिन सर्वपक्षीय बैठकको आयोजना गरिएको सुनकोशी मरिण डाइमर्सन बहुद्देश्यीय आयोजनाका प्रमुख सुशिल चन्द्र आचार्यले बताउनुभयो ।

उहाँले निर्धारित सयममै आयोजना सम्पन्न गर्नका लागि हाल सम्म आयोजनाको डिपिआर तयार गरी सुरुङ निर्माणको डिजाइन र जग्गा अधिग्रहणको काम प्रभावकारी ढंगबाट भैरहेको बताउनु भयो ।

बैठकमा उहाँले यस अयोजनाबाट रामेछापको खाँडादेवी गाउपालिकाको वडा नं ४ स्थीत पुछिघाट, रजगाउँ गरी २९.५ हेक्टर जमिन र १६ वटा घर टहरा एबं मन्थली नगरपालिका वडा नं ६ हात्तिटार र मसानटारको १८.३ हेक्टर जमिन र १३ वटा घर टहरा सहित जम्मा ४७.८ हेक्टर  जमिन सहित २९ वटा घर टहरा  डुबानमा पर्ने बताउनुभयो ।

बैठकका सहभागी संघिय सांसाद, प्रदेश सांसद राजनैतिक दलका प्रमुख एबं प्रतिनिधि र सञ्चारकर्मीहरुले नदि किनारमा बासोवास गर्ने माझी समुदायको मागलाई ध्यानमा राखि आयोजनाको काम अगाढि बढाउन अनुरोध गरेका छन् । आयोजनाले प्रदेश नं २ का सप्तरी देखि बारा सम्मका ५ जिल्लाको १ लाख २२ हजार हेक्टर खेति योग्य जमिनमा सिंचाइ पुर्‍याउनुको साथै २६.६८ मेघावाट बिद्युत उत्पादन गर्ने लक्ष लिएको छ ।

Share192Tweet47Share13

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३० फाल्गुन २०७६, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

३० फाल्गुन २०७६, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

३० फाल्गुन २०७६, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३० फाल्गुन २०७६, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३० फाल्गुन २०७६, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३० फाल्गुन २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero